2026-09-08 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखामा भेटिएको १० किलो सुन कसको ?

भदौ २६, काठमाडौँ | शनिबार गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिक च्याङ्चीनको भएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

शनिबार नियमित चेकजाँचका क्रममा सिर्दीबास प्रहरी चौकीले कम्मरमा पेटीसँगै बाँधेर सुन ल्याएको अवस्थामा चुमनुब्री गाउँपालिका–७ छेकम्पारका नुटुप लामा र लोप्चन तेन्जेनलाई पक्राउ गरेको थियो ।

पक्राउपछि उनीहरुले प्रहरीलाई दिएको बयानका आधारमा सुन सबै चिनियाँ नागरिकको भएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी विमल बस्नेतले जानकारी दिनुभयो ।

दुई जनाले पाँच/पाँच किलो सुन कम्मरमा बाँधेर ल्याएको अवस्थामा पक्राउ गरिएको थियो । उनीहरुलाई गोरखा प्रहरीले सोमबार गोरखामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

‘उनीहरु दुवैले सुन चिनियाँ नागरिकको हो भनेका छन्’, एसपी बस्नेतले भन्नुभयो– ‘उनीहरुले पहिलोपटक सुन बोकेर काठमाडौं जान लागेको बताएका छन् ।’ केही दिनअघि खाद्यान्न लिन जाँदा चिनियाँ नागरिकसँग भेटघाट गरी उनीहरुले १० किलो सुन काठमाडौँ पुर्याउने जिम्माका साथ बोकेर काठमाडौँ हिँडेका थिए ।

– यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ