२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोमानियाको बुखारेष्ट शहरका लागि नेपाली अवैतनिक वाणिज्यदूतमा नवराज पोखरेल नियुक्त

३० भाद्र २०७५, शनिबार १७:२६

भदौ ३०, बर्लिन | रोमानियाको बुखारेष्ट शहरका लागि नेपाली अवैतनिक वाणिज्यदूतमा नवराज पोखरेललाई नियुक्त गरेको छ । नेपाल सरकारले नवराज पोखरेललाई रोमानियामा ब्यापार, ब्यवसाय, पर्यटन, अध्ययन  तथा भ्रमण लगायतका अन्य बिभिन्न उद्देश्यबाट बसोबास गर्दै आएका नेपालीहरुको हकहित संरक्षण गर्न र उनीहरुलाई कानूनी एवम् ब्यापारिक बिषयहरुमा सहयोग प्रदान गर्न बुखारेष्ट शहरलाई कार्य क्षेत्र बनाई अवैतनिक बाणिज्यदूतको पदमा नियुक्त गरेको हो ।

नेपाल सरकारको तर्फबाट सो पदको नियुक्ति पत्र, नेपाली झण्डा र अन्य सबै आधिकारिक कागजात जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले बर्लिन स्थित नेपाली राजदूताबासमा शुक्रबार हस्तान्तरण गर्नुभएको थियो। नव नियुक्त पोखरेलले अवैतनिक वाणिज्यदूतमा नियुक्त भएसँगै सरकारले आफूलाई प्रदान गरेको यो अवसर प्रति आभार प्रकट गरेका छन्। 


सन २००९ देखी नै रोमानियामा अवैतनिक वाणिज्यदूतको आवश्यकता देखी सिफारिस गर्ने रसियाका तत्कालिन नेपाली राजदूत सूर्य किरण गुरुङ, यसको पहल गर्ने राजदूतहरु डा. रबि मोहन सापकोटा, मोहन कृष्ण श्रेष्ठ, ऋषिराम घिमिरे र गैरआवासीय नेपाली संघका तर्फबाट संरक्षक राम प्रताप थापा, आईसीसीका पूर्व अध्यक्ष देवमान हिराचन प्रति पोखरेलले आभार प्रकट सहित धन्यबाद ज्ञापन गरेका छन्।

खोटाङ जिल्लाको सावा कटहरेमा २०१९ सालको चैत मसान्तमा जन्मेका पोखरेलले खोटाङ, भोजपुर र झापाबाट आफ्नो माध्यमिक स्तरको शिक्षा हासिल गरेका थिए भने उच्च शिक्षा शुरुवात  त्रि-चन्द्र र अमृत साइन्स क्याम्पस काठमाडौंबाट गरे।

सन् १९८६ सालमा उनलाई रोमानियाको बुखारेष्ट युनिभर्सिटीबाट पत्रकारिता बिषयमा छात्रवृत्ति प्राप्त भएको थियो। तत्कालिन युनिभर्सिटी टप गरेका पोखरेलले केही समय पछि वातावरण संरक्षणमा स्नातकोत्तर पनि गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य