२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोहोरो बिश्व कीर्तिमानी उज्ज्वल ठकुरीद्वारा तेश्रो गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको लागि प्रयास

२०७५, १ आश्विन सोमबार ०१:२१

विजय थापा | भासोज १, अमेरिका | अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका दोहोरो बिश्व कीर्तिमानी उज्ज्वल ठकुरी द्वारा तेश्रो गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको लागि प्रयास गरेका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)को प्राङ्गढमा उनले उक्त प्रयास गरेका हुन् । 

यसका लागि नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)का पदाधिकारी,समाजसेविहरु,खेलकुदका खेलाडीहरु ,प्रशिक्षकहरु लगायत संचारकर्मिको उपस्थितिमा उनले तेश्रो गिनिज बुक अफ वर्ल्डको लागि प्रयास गरेका छन् । 

उनले गरेको प्रयास गिनिज बुक अफ वर्ल्ड रेकर्ड संस्थामा पठाउनु पर्ने तथा अन्य कागजी पत्रको आदान प्रदान गरे पछि मात्र ठकुरीले गरेको प्रयास बिश्व किर्तिमानको परिणाम आउने छ ।

 

उनले नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)को प्राङ्गढमा आफ्नो उचाई जतिकै स्थानमा झुन्ड्याईएर राखेको काचो अन्डा फुटाएर बिश्व किर्तिमान गर्ने प्रयास गरेका छन । 

उनले १ मिनेट भित्र अगाडी लात्ती प्रहार द्वारा ६४ वटा काचो अन्डा फोड्न सफल भएका छन् । उनले ५३ वटा काचो अन्डा यसै गरि फोडेको किर्तिमानलाई तोड्ने प्रयास गरेका छन् । ठकुरीले बिश्व किर्तिमान लाई तोड्ने प्रयास गरेता पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डले सबै कुराको जाच पड्ताल गरे पछि मात्र निर्णय गर्ने हुनाले केही समयका लागि प्रतिक्षा गर्नु पर्ने हुने छ ।

कराते खेलाडी ठकुरीले आफैँले बनाएको किर्तिमान तोड्दै छोटो समयमा पुनः दोश्रो पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । उनले गत बर्ष २०१७ को सेप्टेम्बर २३ तारीखका दिन १३९.४९ पौण्ड ९६३.९७ केजीमा पहिलो विश्व किर्तिमान गरेका थिए । त्यसै गरि उनले दोश्रो किर्तिमान अमेरिकाको ओहायोको टोलेड़ोमा गएर गत बर्ष २०१७ को नोभेम्बर ४ तारिख १४२.४८ पौण्ड ९६४.६३ केजीको तौल दात र शरिरमा राखेर दुवै खुट्टा फाडेर विश्व किर्तिमान गरेका थिए ।


ठकुरीले पाँच विधाको निर्माण गर्नुका साथै तीन वटा विधामा अन्तर्राष्ट्रिय पदक हासिल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा