२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियाको उदाहरणीय जन्मदिनको उपहार स्वेतालाई हस्तान्तरण

५ आश्विन २०७५, शुक्रबार ०१:२६

आस्विन ५, काठमाण्डौं । अस्ट्रेलिया निवासी पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती सुशिल चालिसे र उहाँकी धर्मपत्नी श्रीमती अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय चार बर्षिया शायना चालिसे र एक बर्षिया समिका चालिसेको जन्मदिनको अबसरमा अस्ट्रेलियन डलर ५०० लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठलाई केही समय अघि हस्तान्तरण गरिएकोमा सो रकममा थप गरी रु ५०,००० (पचास हजार) आज एक कार्यक्रमका बीच चर्चित नायिका स्वेता खड्कालाई हस्तान्तरण गरिएको छ ।


श्रेष्ठले देशमा आएको महाप्रलयकारी भूकम्प ब्यबस्थापन कार्यमा लाग्ने प्रण गरेकी नायिका स्वेता खड्काले स्व. श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको एउटा सीमांकृत जाती माझी समुदायकी एउटी बुहारीको रुपमा “स्वेता-श्री फाउण्डेशन” को पहिलो उदेश्य भूकम्पले भत्काएको ‘माझी बस्ती’ निर्माण गर्ने उद्धेस्य अनुरुप सो समुदायको ५६ परिवारका ३७५ जनाको लागि करीब १७ रोपनी जग्गामा एकीकृत बस्ती बनाउने कार्यमा जुटिरहेकोले सो परियोजनामा केही इट्टा थप्न सहयोगी हुने किसिमले सो रकम स्वेता खड्का अमेरिकाबाट नेपाल फर्कने बित्तिक्कै हस्तान्तरण गरिने बताउनु भए अनुरुप स्वेता खड्काको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच चक्रपाणी चलिसेका छोरा सुर्य प्रशाद चालिसे र बुहारी अम्बिका चालिसे एबं अनिता भण्डारी चालिसेकी आमा गोमा भण्डारीले संयुक्त रुपमा उक्त रकम स्वेता खड्कालाई हस्तान्तरण गर्नु भएको हो ।   


चालिसे दम्पतिले आफ्नी छोरी शायना चालिसेको पहिलो जन्मदिन मनाउँदा एक्सन वर्क नेपाल दोश्रो जन्मदिन मनाउँदा समाजसेवी दिक्षा चापागाईं आबद्ध हुनुभएको पबित्रा समाज नेपाल मार्फत सहयोग पुर्याएकोमा गत बर्ष भने जन्मदिन मनाउने दिनमा नै अर्की छोरी समिकाको जन्म भएकोले जन्मदिन मनाउन पाउनु भएको थिएन । दुबै छोरीको जन्मदिन एक्कै दिन परेकोले दुबै छोरीको जन्मदिन मनाउने क्रममा यो बर्ष ५०० डलर सामाजिक कार्यमा योगदान दिने निर्णय गरेको जानकारी गराउनु भएको थियो दुबै छोरीको जन्मदिन मनाउने क्रममा ।


सो समुदायमा १८४ महिला छन भने सो समुदायका १५% मात्रै साक्षर छन । निर्माणाधिन नमूना बस्ती बहुसंख्यक नेपालीको सरदर हैसियतभन्दा सुबिधायुक्त ब्यबस्थित बस्ती हुनेछ । रकम हस्तान्तरणकै समयमा माझी बस्तीका प्रतिनिधिहरुसंग छलफल पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य