2026-09-08 05:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा पूर्वप्रधानमन्त्री लिन एयरपोर्ट पुगेकाहरु खालि हात फर्किए, खनालले भने ‘मेरो कमजोरी’

अर्जुन बराल | असोज ७, दक्षिण कोरिया | नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता एंवम पूर्बप्रधानमन्त्री झलनाथ खनालले दक्षिण कोरियामा यहि सेप्टेम्बर १६ देखि १९ तारिखसम्म चल्ने बिश्व शान्ति सम्मेलनको कार्यक्रमलाई पूर्ब जानकारी बिनानै उडान रद्द गरि सामान्य अबस्थामा पनि गैह्र-जिम्मेबार रुपमा प्रस्तुत भएका छन् ।

बिभिन्न देशका पूर्ब प्रधानमन्त्री एंवम् बिशिष्ट ब्यत्तिलाई निमन्त्रणा गरि आयोजना गरिने त्यस महत्वपूर्ण कार्यक्रममा अतिथिका रुपमा झलनाथ खनाललाई पनि निमन्त्रणा गरिएको थियो भने नेपाल कम्युनिष्ट पार्टीको सचिवालयबाट निर्णय भई परराष्ट्र मन्त्रालय मार्फत दक्षिण कोरिया स्थित नेपाली दुतावासलाई जानकारी पठाएसँगै स्वयंम पूर्बप्रधानमन्त्रीबाट पनि पार्टीका भातृसंगठनलाई आफु कोरिया आउँन लागेको बताएका थिए ।

ड्रागन एअरलाईन्सबाट नेपाल हङकङ हुँदै ईन्छन ईन्टरनेशनल एअरपोर्टमा आगमन निश्चित गरिएको टिकटको आधारसँगै परराष्ट्रले दुतावासलाई दिईएको जानकारी एंवम् पूर्बप्रधानमन्त्रीले कोरियास्थित आफ्नो भातृसंगठनलाई प्रबाह गरिएको शन्देशका आधारमा कोरियास्थित नेपाली दुतावासका राजदुत अर्जुन जंग बहादुर सिंह, एनआरएनए कोरिया अध्यक्ष लक्ष्मी गुरुङ्ग लगाएत नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध ब्यक्तिहरु स्वागतका लागि एअरपोर्टको आगमन कक्षमा खादा फुल सहित पुगेर केहि समय प्रतिक्षा गरी खनाललाई सम्पर्क गरेका थिए । तर सम्पर्क गर्दा आफु आउँन नसक्ने जानकारी गरेसँगै स्वागतका लागि पुगेका सबै फिर्ता आएका थिए भने दुतावासलाई १६ तारिख आईतवारका दिन अबेरमात्र परराष्ट्रबाट बिविध कारणले उडान रद्द गरिएको जानकारी गराईएको थियो ।

यस बिषयमा स्वयंम् पूर्बप्रधानमन्त्री झलनाथ खनाललाई टेलीफोन गरि तपाई आउँछु भनेर दुतावास लगाएत संघसंस्थालाई जानकारी गराएसँगै स्वागतका लागि एअरपोर्टमा प्रतिक्षा गर्न पुग्दा ‘तपाई आउँनु भएन है’ भन्दा उहाँले आफ्नो खुट्टाको औलामा ईन्फेक्शन भएको बताए । उनले त्यहि समस्याको कारण सर्जरी गर्नुपर्ने भएको र जानकारी दिन ढिलाई भएको भन्दै यस घटनालाई आफ्नो कमजोरीको रुपमा स्विकार गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ