२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा पूर्वप्रधानमन्त्री लिन एयरपोर्ट पुगेकाहरु खालि हात फर्किए, खनालले भने ‘मेरो कमजोरी’

७ आश्विन २०७५, आईतवार ०२:१०

अर्जुन बराल | असोज ७, दक्षिण कोरिया | नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता एंवम पूर्बप्रधानमन्त्री झलनाथ खनालले दक्षिण कोरियामा यहि सेप्टेम्बर १६ देखि १९ तारिखसम्म चल्ने बिश्व शान्ति सम्मेलनको कार्यक्रमलाई पूर्ब जानकारी बिनानै उडान रद्द गरि सामान्य अबस्थामा पनि गैह्र-जिम्मेबार रुपमा प्रस्तुत भएका छन् ।

बिभिन्न देशका पूर्ब प्रधानमन्त्री एंवम् बिशिष्ट ब्यत्तिलाई निमन्त्रणा गरि आयोजना गरिने त्यस महत्वपूर्ण कार्यक्रममा अतिथिका रुपमा झलनाथ खनाललाई पनि निमन्त्रणा गरिएको थियो भने नेपाल कम्युनिष्ट पार्टीको सचिवालयबाट निर्णय भई परराष्ट्र मन्त्रालय मार्फत दक्षिण कोरिया स्थित नेपाली दुतावासलाई जानकारी पठाएसँगै स्वयंम पूर्बप्रधानमन्त्रीबाट पनि पार्टीका भातृसंगठनलाई आफु कोरिया आउँन लागेको बताएका थिए ।

ड्रागन एअरलाईन्सबाट नेपाल हङकङ हुँदै ईन्छन ईन्टरनेशनल एअरपोर्टमा आगमन निश्चित गरिएको टिकटको आधारसँगै परराष्ट्रले दुतावासलाई दिईएको जानकारी एंवम् पूर्बप्रधानमन्त्रीले कोरियास्थित आफ्नो भातृसंगठनलाई प्रबाह गरिएको शन्देशका आधारमा कोरियास्थित नेपाली दुतावासका राजदुत अर्जुन जंग बहादुर सिंह, एनआरएनए कोरिया अध्यक्ष लक्ष्मी गुरुङ्ग लगाएत नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध ब्यक्तिहरु स्वागतका लागि एअरपोर्टको आगमन कक्षमा खादा फुल सहित पुगेर केहि समय प्रतिक्षा गरी खनाललाई सम्पर्क गरेका थिए । तर सम्पर्क गर्दा आफु आउँन नसक्ने जानकारी गरेसँगै स्वागतका लागि पुगेका सबै फिर्ता आएका थिए भने दुतावासलाई १६ तारिख आईतवारका दिन अबेरमात्र परराष्ट्रबाट बिविध कारणले उडान रद्द गरिएको जानकारी गराईएको थियो ।

यस बिषयमा स्वयंम् पूर्बप्रधानमन्त्री झलनाथ खनाललाई टेलीफोन गरि तपाई आउँछु भनेर दुतावास लगाएत संघसंस्थालाई जानकारी गराएसँगै स्वागतका लागि एअरपोर्टमा प्रतिक्षा गर्न पुग्दा 'तपाई आउँनु भएन है' भन्दा उहाँले आफ्नो खुट्टाको औलामा ईन्फेक्शन भएको बताए । उनले त्यहि समस्याको कारण सर्जरी गर्नुपर्ने भएको र जानकारी दिन ढिलाई भएको भन्दै यस घटनालाई आफ्नो कमजोरीको रुपमा स्विकार गरेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य