2026-09-08 04:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा स्पोन्सरको छोराद्वारा नेपाली घरेलु महिला कामदारको हत्या

– हरि कृष्ण न्यौपाने | कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि आएकी सुनसरीकी ४५ बर्षिय पेसल माया राइको कुवेती स्पोन्सर(साहु)को छोराले छुरी प्रहार गरी हत्या गरेका छन।राहदानी नं-०६५५६१९६ र नेपाली नागरिकता नं:-२४८०(सुनसरी) रहेकी पेसल माया राइको ३-अगस्ट-२०१८, शुक्रबारका दिन आफुले काम गर्ने साहुकै छोराले छुरा प्रहार गरी हत्या भएकोमा उक्त छुरा प्रहार गने कुवेती नागरिक जेलमा रहेको र घट्नाको थप अनुसन्धान भईरहेको बताइएको छ।

नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले भने”मृतकको आफन्त अनी घर परिवारसंग संपर्क पनि हुन नसक्दा शब पठाउन र अन्य कानुनी प्रकृया शुरु गर्न सकिएको छैन। मगरले थपे”आफ्नै कुवेती मालिकको छोराबाट छुरी प्रहार गरी पेसल माया राइको हत्या भएको प्रमाणित भईसकेको छ भने हत्या गर्ने मालिकको छोरो हाल कुवेतको जेलमा छन। मृतक पेसल माया राइको परिवार वा आफन्तहरु कसै संग पनि संपर्क हुन नसकेको हुँदा शब पठाउने तथा मृतकको परिवारले पाउने क्षतिपुर्ती लगाएत अन्य कानुनी प्रकृया शुरु हुन सकेको छैन।”दितिय सचिब मगरले यसै समाचार मार्फत मृतक पेसल माया राइको परिवार वा आफन्तहरुलाई नेपाली दुतावास कुवेतको संपर्कमा आउन अनुरोध गरेका छन।

मृतक पेसल माया राइ बिस २०७० भदौ ४ गते ब्यक्तिगत भिसामा कुवेतका लागि घरेलु महिला कामदारका निमित श्रम स्विकृति लिएर कुवेत आएको रेकर्डमा देखिएको छ।राहदानी जारी मिती २७-जुन, २०१३(सुनसरी) र जन्म मिती १९७३ नोभेम्बेर-१२ रहेकी पेसल माया राइलाई चिन्नु हुनेले उनको परिवार वा आफन्तहरु सम्म यो सुचना प्रबाह गरिदिन अनुरोध गर्दै नेपाली दुताबास कुवेतको हटलाइन नं-००९६५- ९८८६९१२१ मा सम्पर्क गरिदिनु हुन नेपाली दुताबास कुवेतले आग्रह गरेको छ।

( पत्रकार हरि कृष्ण न्यौपाने, नेपाल पत्रकार महासघ बैदेशिका शाखा कुवेतका अध्यक्ष हुन्। )

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल