2026-09-08 04:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया स्थित नेपाली राजदुतको यस्तो रबैया, किन बहिष्कार गरे कार्यक्रम ?

अर्जुन बराल | असोज ९, दक्षिण कोरिया | नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको सेप्टेम्बर २५ तारिख मंगलबारका दिन भएको छैठौ अधिबेसनको कार्यक्रमलाई दक्षिण कोरिया स्थित नेपाली राजदुत अर्जुन जंग बहादुर सिंहले नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यलाई प्रमुख अतिथिको रुपमा आशनग्रहण गराई बिशिष्ठ अतिथिका रुपमा आफुलाई राखी आफनो अपमान गरेको भन्दै कार्यक्रमलाई नै बहिष्कार गरेका छन् ।

किन बहिष्कार गरे कार्यक्रम राजदुतले

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले अधिबेशन आयोजना गर्नुपूर्ब महासंघबाट अध्यक्ष नै प्रमुख अतिथि रहने ब्यहोरा उल्लेख गरि स्थान,निमन्त्रणा पत्र,ब्याच लगाएत आफनो सम्पूर्ण तयारी पुरा गरि त्यहि अनुसार बिभिन्न संघसंस्थालाई निमन्त्रणा गरेको थियो भने पत्रकार खेम कार्कीले त्यसै बमोजिम राजदुतलाई निमन्त्रणा गरेका थिय । कार्यक्रम संचालन पूर्ब राजदुत अर्जुन जंग बहादुर सिंहलाई फोन गरि कहाँ हुनुहुन्छ ? छिटो आईदिनु परयो भनेर सम्र्पक गर्दा आफु बिमानस्थल भएको र आउँन ढिलो हुने जनाउँदै कार्यक्रम संचालन गर्न अनुमति दिएका राजदुत सिंह एक घण्टा पछि कार्यक्रम स्थल  प्रबेश गरे भने कार्यक्रमबाट उनलाई बिशिष्ठ अतिथिका रुपमा ब्याच प्रदान गरियो । तर राजदुत सिंह आफु ढिलो आएपनि प्रमुख अतिथि हुनुपर्नेमा अर्कैलाई प्रमुख अतिथि बनाईएको भन्दै आक्रोशित मुद्रामा पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द्र आचार्यको सामुन्ने तिमिहरु पत्रकार होईनौ पत्रुकार हौ भन्दौ तथानाम बोल्दै आफु बाहेक अर्को ब्यत्ति प्रमुख अतिथि हुँन नसक्ने र त्यस्तो कार्यक्रममा आफनो अपमान हुने भन्दै कार्यक्रम स्थलबाट बाहिरिए भने यस बिषयमा उहाँ सँग सम्र्पक गर्दा प्रतिक्रिया दिन मान्नु भएन । 

हामी परराष्ट्र लगाएत सरकारका निकायमा लिखित जानकारी गर्छौं:– अध्यक्ष आचार्य

नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले राजदुत जस्तो अभिभाबकको भुमिका निर्बाह गर्नुपर्ने ब्यत्तिबाट नै राज्यको चौथो अंगमाथि यस्तो घृणित क्रियाकलापले आफुलाई स्तब्ध बनाएको साथै कोरियामा दुतावासबाट नै पत्रकारलाई धम्कि आउँने गरेको बारेमा केन्द्रलाई जानकारी भएको र राजदुतको घृणित रबैयाको लिखित रुपमा परराष्ट्र,गृह एंवम प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउँने बताएका छन् ।

को हुँन राजदुत अर्जुन जंग बहादुर सिंह ?

नेपाली कांग्रेसको राजनीतिबाट उदाएका सुदुरपश्चिम पौवागढी–८ बझाङ्ग जिल्लाका अर्जुन जंग बहादुर सिंह आज भन्दा लगभग सोह््र बर्ष अगाडी परराष्ट्र सहायक मन्त्री पद समेत सम्हालेका ब्यत्ति हुँन । माओबादीका अध्यक्ष पुष्पकमल दाहाल“प्रचण्ड”को प्रधानमन्त्रीकालमा नेपाली कांग्रेसको कोटाबाट गत बर्षको जेष्ठ महिनामा राजदुतमा नियुक्त गरिएको भएपनि बर्तमान सरकारले कार्यक्षमतामा समस्याभएको भन्दै राजदुत सिंह लाई फिर्ता बोलाउँने निर्णय यसअघि नै गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल