२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा नेपाली हाइकु सम्मेलन आइतबारदेखि हुने

२०७५, ११ आश्विन बिहीबार १०:१६

असोज ११, काठमाडौँ | अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन यही असोज १४ र १५ गते जापानको टोकियोमा हुने भएको छ । 

पन्ध्र वर्षअघि नेपालमा शुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्र(नेहा)का अध्यक्ष रामकुमार पाँडेले जानकारी दिनुभयो । सम्मेलन नेहा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाको संयुक्त आयोजनामा हुनेछ । 

सम्मेलनमा जापानका हाइजिनले पनि नेपाली कविलाई साथ दिनेछन् । शिनओकुबोस्थित नेपाली मुरा कक्ष ( सोलमारी ) मा हुने कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको अन्तर्राष्ट्रिय साहित्य समाजका वरिष्ठ उपाध्यक्ष एवं हाइजिन प्रकाश पौडेल माइलाले बताउनुभयो । सम्मेलनका क्रममा झन्डै एक दर्जन नेपाली हाइकु कृतिको विमोचन गरिने तथा पाँडे र पौडेलले अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । सम्मेलनमा नेपालबाट पाँडे, अश्विनी कोइराला, प्रभा बराल, विजयराज आचार्य, शिरोमणि दवाडी र किरण पौडेल तथा बेलायतबाट कृष्ण बजगाईँको सहभागिता हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह