2026-09-08 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब ३ वर्षीय बालक ३० फिट गहिरो इनारमा खसे !

असोज १९, काठमाण्डौ | १२ वर्षअघि कुरुक्षेत्रमा ५ वर्षीय बालकलाई इनारबाट उद्धार गरे जस्तै घटना हरियणाको अम्बालामा दोहोरिएको छ ।

यहाँ बिहीबार ३ वर्षीय एक बालक ३० फिट गहिरो इनारमा खसेपछि परिवार र छिमेकी आत्तिए । स्थानीयले प्रहरीलाई खबर गरे । तर प्रहरी आउनुअघि नै अर्का एक किसान रणधीर सिंहले बच्चाको सकुसल उद्धार गरेका छन् ।

डोरीको सहायतामा रणधीरले बालक कर्णलाई इनारबाट कठिन र चमत्कारिक रुपमा उद्धार गरे । यतिसम्म कि, ३० फिट गहिरो इनारबाट कर्णलाई उद्धार गर्न ४५ मिनेट लागेको थियो । बालककी आमा उनलाई छेउमै राखेर छिमेकीको खेतमा घाँस काटिरहेकी थिइन् । बिहान सवा १० बजेतिर बालक खेल्दै १२ इन्च फराकिलो इनारमा पुगेछन् । त्यही उनी ३० फिट गहिराइमा खसे ।

उद्धारकर्ता रणधीरका अनुसार इनारमा खसेका बालकको खुट्टातर्फको भाग इनारभित्र हिलोमा फसेको थियो । र घाँटीसम्मै पानी थियो । उद्धारपछि बालकलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । चिकित्सकका अनुसार अरु केही मिनेटसम्म बालकको उद्धार गर्न नसकेको भए अवस्था जटिल हुनसक्थ्यो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल