Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

माओवादी पुर्व लडाकु शर्मिलाको भारतमा रहश्यमय मृत्यु

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनर । असोज –२४ बुटवल  । नेपालको १० बर्षे जनयुद्धमा लडाकु रहेकी गुल्मीकी शर्मिला बिकको  भारतको नयाँ दिल्ली स्थित गुडगावा पालम बिहार , सेक्टर २३  ए–ब्लग मा रहश्यमय मृत्यु भएको छ । उक्त ब्लगको पार्कमा रहेको  ४ फिट उचाई रहेको र उनलाई समेत थेक्न नसक्ने सानो रुखको पोथ्रामा पाँच फिट अग्ली शर्मिला झुण्डिएको अबस्थामा फेला पर्नुले हत्य गरी झुण्डिाईएको  आशंका त्यहाँका नेपाली संघ संगठनले गरेका छन ।

जनयुद्ध कालमा लामो समय सम्म लडाकु रहेकी र शान्ति प्रकृया पछि अयोग्य  ठहर भई  बाहिरिएकी शर्मिला भारत पलायन हुन बाध्य भएकी थिईन । अक्टुबर ६  तारिखका राती  कोठाबाट श्रीमान र जेठाजु संग झगडा गरेर निस्कीएको उनका श्रीमान नरेश बिकले सञ्चारर्की संग बताएका छन ।

नेपाल पत्रकार महासंघ भारत शाखाका प्रतिनिधी बाबु रोका , देशभक्त आवाजका अध्यक्ष हरि रोका , अखिल भारत नेपाली  एकता समाजका ओमबहादुर खत्री र स्वतन्त्र नागरिक विपना शाही लगायतले उनको हत्या भएको भन्दै छानविनको माग गरेका छन । घटनाको अनुसन्धान भई रहेको पालम बिहार प्रहरी चौकीले जनाएको छ ।

सो चौकीका अनुसार पोष्मार्टम रिर्पोट तिन दिन पछि आए पछि थप अनुसन्धान अगाडी बढाईने छ ।  गलामा पासो लगाई झुण्डिएकी उनि टुक्रुक्क भुईमा बसेकी थिईन  । उनको शव गुल्मी पठाउनका लागि भारतमा क्रियाशिल गुल्मी भुर्तुङ्ग सेवा समाजले ७ हजार आईसी सहयोग गरेको छ । त्यस्तै गुडगावा स्थित रुरु ट्राभल्सले नेपाल सम्म  निशुल्क पठाउन लागेको प्रवन्धक केशव खनालले बताए ।

जनयुद्धमा जस्तै आक्रमक  स्वभाव  रहेको , अरुको कुरा नमान्ने, आफ्नै ढिपी गर्ने र सबै संग घुल मिल गर्ने गरेको आरोपमा श्रीमति र श्रीमान विच झडडा चल्दै आएको हाम्रो समाचार श्रोतले जनाएको छ  । उनका १३ बर्षिया छोरी र १० बर्षिय छोरा छन । उनको सोमबार  परिवारजनले शव बुझेर अन्त्यष्टि गरी सकेका  छन् ।  पछिल्लो चरण भारतमा  गुल्मीका चार जनाले आत्मा हत्या गरेको बताईएको छ ।