२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फूलपाती सहितको डोली हनुमानढोका दरबार पठाइयो

२०७५, ३० आश्विन मंगलवार ०६:४२

असोज ३०, गोरखा | गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले मङ्गलबार बिहानको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौँ पठाएका हुन् । 

डोलीलाई बा २० च ४३९४ नं को निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिनुभयो । गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पु¥याइएपछि मङ्गलबार साँझ हर्षबढाईका साथ फूलपाती भित्र्याउने प्रचलन छ । 

गोरखा दरबारको दशैँ घरमा पनि साँझ फूलपाती भित्र्याइन्छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले राजधानीको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी गोरखाको दशैँ घरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहदै आएको छ । 

गोरखा दरबारको दशैँ घरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याएका थिए । गोरखा दरबार हेरचाह अड्डाले गोरखा नगरपालिकाको सहयोग र गोरखा पर्यटन विकास केन्द्र, सतिपिपलको एकता युथ क्लबको संयोजनमा फूलपातीको डोली हनुमानढोका दरबार पठाएको हो । 

दरबारस्थित दशैँ घरबाट बाजागाजासहित सतिपिपल चौतारासम्म र्याली निकालिएको थियो । यस्तै गोरखा धिमे पुच (नेवार समूह) का युवाले दरबारबाट सतिपिपलसम्म बाजागाजासहित नृत्य प्रस्तुत गरेका थिए । सतिपिपलबाट युवाले मोटसाइकल र्यालीसहित फूलपातीको डोली बोकेको गाडीलाई स्कटिङ गरी हनुमान ढोकामा फुलपाती पठाइएको हो । 

डोली काठमाडौँ पठाउनुपूर्व सतिपिपलको फूलपाती चौतारामा आयोजित कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले हनुमान ढोकामा फूलपाती पठाउने प्रचलनमाथि प्रकाश पार्नुभयो । 

उनीहरुले नेपाली संस्कृतिको संरक्षण र सवद्र्धनका लागि गोरखाको परम्परा उत्कृष्ट रहेको भन्दै संस्कृतिको जगेर्नाका गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते