बलात्कारपछि गर्भवती भएकी १३ वर्षीय बालिकालाई जिउँदै जलाउन यस्तो आदेश !

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

कात्तिक ८,  काठमाण्डौं | भारतमा बलात्कारबाट पीडित बनेकी बालिकालाई जिउँदै जलाउने आदेश गाउँ पञ्चायतले दिएपछि हंगामा भएको छ ।

भारत झारखण्डको चाइबासाको एक महापञ्चायतले बलात्कारपछि गर्भवती भएकी १३ वर्षीय पीडित बालिकामाथि पाँच लाख जरिवाना लगाएर उनलाई जिउँदै जलाउने निर्णय गरेको छ ।

मझारी प्रहरी थाना क्षेत्रमा १३ वर्षीय बालिका बलात्कारपछि गर्भवती भएपछि गाउँलेले महापञ्चायत बोलाएका थिए ।

महापञ्चायतले मंगलबार साँझ ५ बजे यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस क्रममा आदिवासी समाज युवा महासभाका पदाधिकारी तथा सर्वसाधारणको उपस्थिती थियो । पहिला महापञ्चायतले बलात्कारका आरोपी रोबिनलाई पञ्चायतमा बोलाइएको थियो । जहाँ उसले अपराध कबूल गरेका थिए । यसपछि महापञ्चायतले उनलाई र पीडितलाई पनि सजाय सुनाएका थिए ।

स्थानीयका अनुसार आरोपी रबिन उर्फ मानसिंह कुंकल आफ्ना ठूला भाइसँग काम गर्थे । करिब दुई वर्षदेखि रोबिन पीडितको घरमा बस्न लागे । पीडित बालिका उनकी भतिजी समेत हुन् । यस बीच रोबिनले डराइधम्काइ ६ कक्षामा पढ्ने १३ वर्षकी भतिजीका साथ बलात्कार गरे त्यसक्रममा उनी गर्भवती भइन् । घटना सार्वजनिक भएपछि गाउँमा पञ्चायत बोलाइएको थियो ।

तर रोबिन कुंकल पञ्चायतमा उपस्थित भएनन् । फेरि मंगलबार महापञ्चायत बोलाइयो जहाँ उनी उपस्थित भए ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार आदिवासी समाज युवा महासभाको जिल्लाध्यक्ष गब्बरसिंह हेम्ब्रमले फैसलालाई पढेर सुनाएका थिए । फैसलामा भनिएअनुसार समुदायमा कुनै पनि व्यक्ति समाज भन्दा ठूला होइनन् । यस्तो घटना फेरि नहोस् भन्नका लागि पैसा लिएर जिउँदै जलाउने पञ्चायतले निर्णय गरेको हो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply