Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा नेतृ बन्धु चन्दले भनिन्– “दलाल पुजिवादलाई लखेटेर वैज्ञानीक समाजबाद ल्याउछौँ”

२०७५, ८ कार्तिक बिहीबार १३:५४

कात्तिक ८, सल्यान । अखिल नेपाल महिला संगठनका केन्द्रीय अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका केन्दीय सदस्य बन्धु चन्दले दश बर्ष जनयुद्वले जनबाद ल्याउन खोजेपनि मुख्य नेतृत्व सत्तामा पुगेर दलाल पुजिवाद ल्याएको बताएकी छन् । 

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको अखिल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानले आज श्रीनगरमा गरेको दशै तिहार शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै उनले अहिले देश दलाल पुजिवादमा चुर्लुम्बै डुबेको बताएकी छन् । उनले अब पुजिवादलाई लखेटेर वैज्ञानीक समाजबाद ल्याउने बताइन् । 

उनले भनिन्– “प्रचण्ड, बाबुरामले क्रान्ति छोडेर भागेपनि त्यसको अभिभारा हामी पुरा गर्छौं ।” आफुहरुले प्रतिक्रान्ति गर्छौं भन्दा राज्यसत्ताले डर मानेर आफुहरुमाथि धरपकट र गिरफ्तारी गरेको उनले बताईन् । राज्यको यस्तो प्रवृत्तिले आफुहरु कुनै हलचल नभएको र कोहि पनि नहुन उनले पार्टी कार्यकर्ता र सुभचिन्तकलाई आग्रह गरेकी छन् । 

त्यस्तै उनले निर्मला पन्तको हत्यारा समात्न नसक्ने अहिलेको राज्य ब्यबस्थाले जनस्थरको कुनै काम गर्न नसक्ने बताएकी छन् । उनले तत्कालीन माओवादी जनयुवद्को समयमा महिलाहरु सुरक्षीत भएको बताएकी छन् । 

उनले भनिन् – “जनयुद्वमा बलत्कारीलाई सजाय दिइन्थ्यो, तर अहिले त्यही जनयुद्व गरेर राज्यसत्ता चलाएकाहरुले बलत्कारीलाई जोगाएर हिडेका छन् ।”

कार्यक्रममा बोल्दै नेकपाका जिल्ला सेक्रेटरी लोक्पाल केसीले गाउँगाउँमा विप्लव नेकपाको खोजि गर्ने र प्रवेश गर्नेहरुको लर्को भएको बताएका छन् । उनले ४ महिने जनजागरण अभियानमा नेकपा प्रति सबै सकारात्मक भएको बताए । 

उनले अब पार्टीका कुनैपनि कार्यक्रम खुलेआम गर्ने बताएका छन् । आफुहरुले कुनै गल्ती नगरेको भन्दै उनले लुकेर कार्यक्रम नगर्ने बताए ।  आफ्ना साथिहरुलाई हिरासत राखेर दशैको शुभकामना बाड्नेहरु सँग हिसाबकिताब लिने उनको चेतावनी छ । 


पुर्व जनमुक्ती सेनाका बटालियन कमाण्ड क्रान्तिले आफुहरु हिजो जनयुद्व लडेको प्रचण्डका लागी मात्रै भएको बताएका छन् । उनले भने– “हामी देशमा परिवर्तका लागी युद्व लडिम तर त्यसको फाइदा प्रचण्डलाई मात्रै भयो, जनताको स्थर जस्ताको तस्तै भयो ।” आफुहरु अझै युद्धको मैदानमा भएको भन्दै उनले युद्ध नरोकिएको बताए । फेरि पनि जनमुक्ति सेनालाई भर्ती गरेर आफुहरु अगाडि बढ्ने उनले बताएका छन् । 

अर्का पुर्व जनमुक्ती सेनाका बटालियन कमाण्ड किरणले पनि अहिले माओबादी हराएको जस्तो भएको बताए । उनले अब माओवादीको अधुरो काम आफुले पुरा गर्ने भन्दै एकपटक युद्व लड्ने बताए । आफुले ज्यान बाजीमा राख्न तयार भएको भन्दै उनले मृत्युमा कुनै डर नभएको बताए । 

कार्यक्रममा विभिन्न पार्टीका एक दर्जन जति नेता कार्यक्रर्ता नेकपामा प्रवेश गरेका थिए । 

कार्यक्रमको सभा अध्यक्ष अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष टंक प्रकाश केसीले गरेका थिए । उपाअध्यक्ष भिम ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव दिपेन्द्र प्रकाश डिसीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो