2026-10-26 12:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा नेपाली युवतीहरुबीच चक्कु हानहान, एकको मृत्यु, ३ घाइते

कात्तिक ११, काठमाडौं | युएईमा नेपाली महिलाहरुबीच एकआपसमा झगडा हुँदा एकजनाको मृत्यु भएको छ, भने तीन जान घाइते भएका छन् । युएईको शारजाहस्थित एक कम्पनीमा कार्यरत नुवाकोटकी सोनी तामाङले एकै कम्पनीमा कार्यरत चारजना साथीमाथि छुरा प्रहार गरेकी थिइन् ।

छुरा प्रहारबाट काठमाडौंकी सिर्जना बरालको मृत्यु भएको अबुधाबीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

गम्भीर घाइते ममता चौधरीको आईसियुमा उपचार भइरहेको छ । घटनामा घाइते सलिना मगर र आशा दर्जी उपचारपछि कार्यस्थल फर्किसकेका छन् । घाइते तीनजनाको ठेगाना भने खुलेको छैन ।

बिहीबार राति तामाङले मादक पदार्थ सेवन गरी झगडा सुरु गरेको र झगडाले उग्ररुप लिएपछि छुरा प्रहार गरेका थिए ।

हत्यामा संल्गन तामाङलाई उनले प्रयोग गरेको छुरासहित प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान चलिरहेको र युएईको कानून अनुसार सजाय हुने दूतावासले जनाएको छ ।

युएईको कानूनअनुसार हत्या अभियोगमा दोषी ठहरिएमा मृतकको परिवारको इच्छा अनुसार हत्यामा संलग्नलाई मृत्युदण्ड वा ब्लडमनीको जरिवाना हुन सक्ने प्रावधान छ ।

चार वर्षअघि सोही कम्पनीमा दुई नेपालीबीच झगडा हुँदा एकको मृत्यु भएको थियो । जनकपुरका वीरेन्द्र शाहले (सुरी) पाँचथरका रञ्जीत खपाङ्गीको छुरा प्रहार गरी हत्या गरेका थिए । शाह अहिले युएईमा सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने