2026-10-26 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनकामना मन्दिरको पुनःनिर्माणबाट सिक्नुपर्छ: मन्त्री अधिकारी

कात्तिक १२, गोरखा (रासस) | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भर्खरै पुनः निर्माण सम्पन्न भएको गोरखाको मनकामना मन्दिरको पुनः निर्माणबाट राज्यले सिक्नुपर्ने बताउनुभएको छ । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएकोे मनकामना मन्दिर पुरानै संरचनाअनुसार पुनःनिर्माण सम्पन भएपछि आज अवलोकन गर्न पुग्नुभएका मन्त्री अधिकारीले मन्दिर निर्माणका लागि नेपाल सरकारले चार करोड रुपैयाँ मात्र उपलब्ध गराएको भए पनि बाँकी रु नौ करोडभन्दा बढी रकम जनसहभागिताबाट सङ्कलन हुनु नमूनायोग्य कार्य भएको बताउनुभयो । 

उहाँले पुनःनिर्माण सम्पन्न गर्न बाँकी ऐतिहासिक तथा धार्मिक सम्पदाको पनि यही ढाँचाबाट निर्माण अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “मनकामना मन्दिर पिपिपी मोडल अर्थात् निजी तथा सार्वजनिक संस्थाको सहकार्यमा निर्माण गरिएकाले समयमा नै निर्माण सम्पन्न भएको हो,” मन्त्री अधिकारीले भन्नुभयो, “यसबाट राज्यले पुनःनिर्माणका लागि पाठ सिक्नु जरुरी छ ।” उहाँले मन्दिरको थप विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

तश्वीरमा: विंस २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएको गोरखाको मनकामना मन्दिरको पुनः निर्माण सम्पन्न पछि सोमबार मनकामना मन्दिर पुगेर अवलोकन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी । तस्बिर: दीपक श्रेष्ठ, गोरखा, रासस

गोरखाको शहीद लखन गाउँपालिका–२ स्थित मनकामना मन्दिरबारे छलफलमा मन्दिर व्यवस्थापन समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले मन्दिरको निर्माणको काम सम्पन्न भइसकेको र मन्दिरको पेटीहरुमा ढुङ्गा छाप्ने काम भइरहेको जानकारी दिनुभयो । 

मनकामना मन्दिर २०७२ साल असारमा क्षमापूजा गरी भत्काएर पुनःनिर्माण शुरु गरिएको थियो । मन्दिर निर्माणका लागि १८ किलो सुन खर्च भएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने