2026-10-25 11:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको कारागारमा रहेका हरिबहादुरको समय गणना गर्न माग

कात्तिक १७, नुवाकोट (रासस) | मलेसियाका कारागारमा रहेका नुवाकोट म्यागङ गाउँपालिका–१ म्यागङभञ्ज्याङका हरिबहादुर घलेका परिवारले सरकारको पहलमा अहिलेसम्म उनले कारागारमा बसेको समय गणना गराउन आग्रह गरेको छ । 

लागुऔषध मुद्दामा मृत्युदण्डको सजाय पाएका घलेको मृत्युदण्ड माफी भए पनि यही कात्तिक ४ गते त्यहाँको अदालतले गरेको फैसलामा २० वर्ष कैद सजाय तोकेकाले उनका परिवारले अहिलेसम्मको कारागारमा बसेको अवधिसमेत गणना गराउनका लागि सरकारले पहल गरिदिन माग गरेको हो । 

शुक्रबार विदुरमा घलेकी बहिनी सरलाले सन् २००३ को मेदेखि हालसम्म कारागार बसेको समयको गणना नहुँदा अन्यायमा परेको बताइन् । “पन्ध वर्ष जेल सजाय भोगिसकेको छ । अब बढीमा चार/पाँच वर्षमा छुट्नुपर्छ ’’ उनले भनिन्, “अहिलेसम्म जेल बसेको समय गणना गराउन सके अबको पाँच वर्षमा छुट्ने थियो ।” 

मलेसियामा रोजगारीमा गएका घले नियमित विदामा नेपाल फर्किनेक्रममा साथीले घलेलाई लागू औषधमा फसाएको घलेकी बहिनी सरला घलेले बताइन् । ‘‘होटेलमा बसिरहेको ठाउँमा गणेश तामाङ नाम भएका साथी झोलासहित प्रवेश गरे । प्रहरीले पिछा गरेको थाहापाई तामाङ झोला त्यही छाडेर भाग्न सफल भए । घलेलाई प्रहरीले पक्राउ ग¥यो । यो घटना ३० मे २००३ को हो। साथीले जानाजान फसाएको हो । मेरो दाजु निर्दोष छ’’ उनले भनिन, “नेपाल सरकारको पहलमा मृत्युदण्डको सजाय माफी भए पनि अहिलेसम्मको सजाय गणना भएमा दाइ चाँडै छुट्नु हुने थियो । सबैले पहल गरिदिनु पर्यो ।” 

हाल ३८ वर्षीय घले २०५७ सालमा रु दुई लाख ऋण गरी मलेसिया गएका थिए । नियमित बिदामा घर फर्कनेक्रममा उनी पक्राउ परेका थिए । उनी कारागार परेको र मृत्युदण्डको सजायको फैसला भएको सुनेपछि चिन्ता रहेका उनका आमाबुबाको मृत्यु भई सकेको र नातिलाई मृत्युदण्डबाट जोगाउन प्रयासरत हजुरबा धनबहादुरको पनि मृत्यु भइसकेको छ । 

घलेकी १९ वर्षीया छोरी झरनाले बाबुलाई नेपाल फर्काउनका लागि पहल गरिदिन आग्रह गरिन् । “मैले फोटोमा मात्र बुबालाई देखेको छु । उहाँलाई भेट्ने रहर पूरा गराउन सहयोग गरिदिनु होला” झरनाले भनिन् । हाल मामाघरमा बसेर स्नातक अध्ययन गर्दै गरेकी झरनाले जोड दिइन्, “बुबाको कुरा सुन्दा उहाँ निर्दोष हुनुहुन्छ । साथीका कारण जेल परेर त्यहाँको कानूनले सजाय दिएपनि अहिलेसम्म जेल बसेको समय गणना गरिदिए हुने थियो । उहाँ चाडै नेपाल आउन पाउनुहुन्थ्यो ।घलेको मृत्युदण्डको माफी नेपाल सरकारको पहलका कारण रोकिएको थियो । अहिले पनि सरकारले पहल गरिदिए २० वर्ष सजायको फैसलामा अहिलेसम्म कारागार बसेको सजाय समेत गणना भए सहज हुने घलेको परिवारले आग्रह गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने