कात्तिक १८, अर्घाखाँची | खोलामा उच्छृंखल गतिविधिमा संलग्न रहेको पाइएपछि २५ देशका ३७ विदेशी महिला र पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला बाहिर पठाएको छ ।

शीतगंगा नगरपालिका ६, सिद्धाराको गोवाङ र बुच्ची खोलामा नाङ्गै भएर उनीहरु आपसमा अश्लील गतिविधिमा संलग्न थिए ।

गाउँलेले हेर्नै नमिल्ने गरी खुला स्थानमा उच्छृंखल गतिविधि गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय प्रशासनको अनुमतिबिना केही दिनदेखि टेन्ट नै टाँगेर विदेशीहरु त्यहाँ बसेका थिए ।

यो समाचार आजको कान्तिपुरको पृष्ठ १३ मा समाचार छापिएको छ ।

November 4, 2018
अर्घाखाँची - AGK, काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
खोलामा उच्छृंखल हर्कत गर्ने विदेशी खेदिए
By साझासवाल
2 मिनेट पढाइ