2026-09-08 05:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ह्यारी भण्डारीले ईतिहास रच्दै, मेरिल्याण्ड राज्य प्रतिनिधि सभा सदस्यमा बिजयी

विजय थापा । कात्तिक २१, अमेरिका । मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट डेमोक्र्याटिक दलका तर्फबाट राज्य प्रतिनिधि सभा सदस्यमा ह्यारी भण्डारी बिजयी भएका छन् । भण्डारीले अमेरिका आएका नेपाली समुदायको ईतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा मेरिल्याण्डको राज्य सभासदमा खाता खोल्न सफल भएका छन् । 

गत जुन २६ ,२०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनि दोश्रो स्थान हासिल गरि बिजयी बनेका थिए । आज सम्पन्न  भएको मध्यावधि निर्वाचनमा उनि दोश्रो स्थानमा आई बिजयी भएका छन् । 

गत जुन महिनामा सम्पन्न प्राथमिक चरणको निर्वाचनमा मैदानमा उत्रिएका ४ जना प्रतिस्प्रर्धिहरुमा एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रा र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका थिए । उनलाई यस मध्यावधि निर्वाचनले ढोका खोलि दिएको छ । 

गत प्राथमिक निर्वाचनमा २० हजार ७ सय २६ खसेको मत मध्ये भण्डारीले २८.१ प्रतिसत अर्थात् ५ हजार ९ सय ४१ मत ल्याएर दोस्रो भएका थिए । उक्त चुनाव क्षेत्र जिल्ला ८ मा रिपब्लिकन दलका उम्मेदवारले पाएको मत हेर्ने हो भने डेमोक्र्याटिकक उम्मेदवारको तुलनामा प्राथमिक निर्वाचनमा कम मत पाएको आँकडाले देखाएको थियो ।

सम्भवत यसरी मूलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने भण्डारी पहिला नेपाली मूलका हुन् । यस्तै गरि न्यूह्याम्पशायरबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएकी राज्य डेमोक्र्याटिक दलकि उम्मेदवार मदलसा गुरुंग पनि उप बिजेता बनेकी छिन् । २ हजार २ सय ९२ मत प्राप्त गरेकी थिइन् भने उनले बिजयी उम्मेदवारलाई बधाई पनि दिएकि छिन ।

भण्डारी सन् २०१४ मा चौथो स्थान भएपछि उनी प्राथमिक चरणमै बाहिरिएका थिए । उनि जुन स्थानमा सन् २०१४ मा उप बिजेता बनेका थिए सोही क्षेत्र बाट यस पटक पनि उम्मेदवार बनि सफलता हासिल गरेका छन् । सन् २०१४ मा डेमोक्र्याटिक दलको तर्फ बाट आधिकारिक उम्मेद्वार थिएनन भने यस पटक डेमोक्र्याटिक दलको तर्फबाट आधिकारिक उम्मेदवार रहेका थिए । 

भण्डारी अमेरिकी राज्य संसद भवन छिर्न सफल भएका छन् । निर्वाचन क्षेत्र संख्या ८ मा ह्यारीसँगै एरिक ब्रोमवेल र कार्ल ज्याक्शन पनि डेमोक्रेटिक पार्टीका  तर्फबाट भिडेका थिए । ह्यारी लगायतले रिपब्लिकन दलका  ३ जना उम्मेदवारहरु जो क्लस्टर, जोसेफ बोट्लर र कार्ल ज्याक्सनसँग सामना गरेका थिए । 

मेरिल्याण्ड राज्य अन्तर्गत रिपब्लिकन दलका गभर्नरका लागि सशक्त उम्मेदवार ल्यारी होगनलाई मत हाल्नेले रिपब्लिकन दललाई मत खसालेता पनि डेमो क्र्याटिक दलका उम्मेद्वार ह्यारीको जित भएको छ । भण्डारीले करिव १५ हजार घर दैलो अभियानमा सरिक भएका थिए ।

नेपालको पर्वत जिल्लाबाट सपनाको संसार अमेरिका सन् २००५ मा आएका हुन् । भण्डारी नेपालमा अंग्रेजी भाषामा प्राध्यापन गर्थे भने अमेरिकामा पनि भण्डारी प्राध्यापन पेशामा संलग्न छन् । 

मध्यावधी निर्वाचनमा हाउस अफ रिप्रिजेन्टेटीभ(प्रतिनिधि सभा सदस्य ) को सबै ४ सय ३५ स्थान ,सिनेटको १ सय स्थान मध्ये ३५ स्थान तथा अन्य ५० मध्ये ३९ राज्यका गर्भनरहरुको निर्वाचन भएको हो । यसको साथै राज्य देखि स्थानीय स्तरका विभिन्न पदको लागि निर्वाचन भएको थियो । 

भण्डारीलाई २०१८ को निर्वाचनमा अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले ठूलो आर्थिक सहयोग गरेका थिए । आफ्नो चुनावी क्षेत्रमा अत्यन्तै व्यस्त रहेता पनि भण्डारीले अमेरिकाका नेपाली समुदायले विभिन्न राज्य तथा शहरहरुमा आयोजना गरेको भेलामा सहभागिता जनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल