२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा ३५ दिनभित्र मृत्युदण्डको सजाय सुनाइएका घलेलाई फर्काउन परिवारको आग्रह

२२ कार्तिक २०७५, बिहीबार १६:३१

कात्तिक २२, बेत्रावती (रासस) | मलेसियाको जेलमा रहेका नुवाकोटको म्यागङ्ग गाउँपालिका–१ बसुञ्चेतका हरिबहादुर घलेलाई छुटाउनका लागि पहल गर्न नेपाल सरकारसमक्ष परिवारले आग्रह गरेका छन् । 

हाल त्यहाँको जेलमा रहेका ३८ वर्षीय घलेलाई गत कात्तिक ४ (सन् २०१८ अक्टुबर २१) मा पुनः १३ वर्ष आठ महीना कैद सजाय थपिएपछि त्यसलाई मिनाहाका लागि पहल गर्न परिवारले सरकारसमक्ष सहयोगको अपिल गरेका हुन् । 

मलेसियामा लागुऔषध कारोवारी कसुरमा १५ वर्षअघि पक्राउ परेका ३८ वर्षीय घलेलाई त्यहाँको अदालतले दोषी ठहराएपछि उनी हाल जेलजीवन बिताउँदै आएका छन् । २०६० साल जेठ १६ (सन् २००३ मे ३०) मा कार्यरत कम्पनीबाट बिदामा घर फर्कने क्रममा बास बसेको होटलबाट पक्राउ परेका घलेलाई लागुऔषध ओसारपसार अभियोगमा शुरुमा मृत्युदण्ड सुनाए पनि हाल २० वर्षको कैद भुक्तानी गर्दै आएको उनको बहिनी सरला घलेले बताइन् । 

उहाँका अनुसार हरिबहादुरलाई सन् २००९ नोभेम्बर २६ मा मलेसियाको हाइकोर्ट (जालन उच्च न्यायालय)ले मृत्यु दण्डको सजाय सुनाएको थियो । त्यसविरुद्ध नेपाली दूतावासले गरेको अपिललाई त्यहाँको सर्वोच्च अदालतले २०६९ साल असोज १० मा मृत्युदण्डको सजायलाई नै सदर गरिदिएको थियो । 

“सर्वोच्चले ३५ दिनभित्र मृत्युदण्ड दिन आदेश दिए पनि नेपाल सरकारको आग्रहले त्यहाँको राजाले २० वर्ष कैद सजायमा रुपान्तरण गरेर न्यायको अनुभूति मिलेको थियो,” सरलाले भनिन्, “अबदेखि लागू हुनेगरी थप १३ वर्ष आठ महीना जेल सजाय तोकिएकाले त्यसलाई मिनाहाका लागि पहल गर्न नेपाल सरकारसमक्ष आग्रह गर्दछौँ ।” 

हरिबहादुरलाई यसअघि मृत्युदण्डको सजाय रोकेका त्यहाँका राजा प्रमुख रहेको पार्डन बोर्डको आदेशको पुनरावेदनको क्रममा थप कैदको आदेश सुनाइएको हो । उक्त थप आदेश सरकारको पहल सार्थक भएमा मिनाहा हुने उनको विश्वास छ । पार्डन बोर्डलाई अदालतको आदेश कार्यान्वयन गराउने अन्तिम न्यायिक निकाय मानिन्छ । 

यसअघि उक्त बोर्डले तोकेको २० वर्ष कैद पक्राउ परेको मितिबाट भुक्तानी गर्न करीब चार वर्ष मात्र बाँकी छ । तर हाल थप गरेको सजायको कैदको माफीका लागि नेपाल सरकारबाट पहल भए त्यो सुविधा पाउने व्यवस्था रहेको भन्दै पीडित परिवारले सहयोगको अपिल गरेका छन् । 

हरिबहादुरसँगै पक्राउ परेका नुवाकोट किम्ताङका साजन गुरुङको हिरासतमा रहँदा विसं २०६६ माघ ६ (सन् २०१० जनावरी २०) मा मृत्यु भइसकेको छ । उनीहरुलाई नेपाल घर बताउने गणेश तामाङ भन्ने व्यक्तिले होटलमा आएर झोला राख्न दिएलगत्तै प्रहरीले छापा मार्ने क्रममा पक्राउ परेका थिए । गणेश हालसम्म फरार छन् । 

हरिबहादुर मलेसियाको जेलमा परेपछि पीडित बनेको परिवारका सदस्यहरु बुबा मेघबहादुर, आमा जमुरानी, बहिनी मीनकुमारी र हजुरबुबा धनबहादुर घलेको पनि यो अवधिमा मृत्यु भइसकेकोे छ । एकपछि अर्को बज्रपातले परिवारमा शोकमा रहेको सरलाले बताइन् । हरिबहादुर जेल परेपछि उनको श्रीमतीले पनि छोरी झरनालाई छोडेर अर्कैसँग विवाह गरिसकेकी छिन् । हाल झरना त्रिशूलीस्थित मामाघरमा बसेर स्नातक तहमा अध्ययनरत छिन् । “बुबाको अनुहार कस्तो थियो, प्रत्यक्ष देख्न पाएकी छैन,” झरनाले भनिन्, “फोटो हेरेर बुबा फर्कने दिन पर्खदै छु, सरकारले पहल गरे चाँडै देख्न पाउने आशा छ ।”  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य