२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाल्टिमोरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई स्वागत

२०७५, २३ कार्तिक शुक्रबार ११:०२

विजय थापा | कात्तिक २३, डिसी । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा नेपाली समुदायले स्वागत गरेका छन्। मुख्यमन्त्री राई तिहारको बिदाको मौका तथा आफ्नो उपचारको क्रममा थाइल्यान्ड हुदै निजि भ्रमणमा अमेरिका आउनु भएको बताउनु भयो । 

बाल्टिमोर स्थित नेपाल हाउसमा महा बाणिज्यदुत प्रेम राजा महतको पहलमा भएको उक्त अनौपचारिक स्वागत तथा भेटघाट कार्यक्रममा बाल्टिमोरका विभिन्न संघ/संस्थाहरुका प्रतिनिधिहरुले स्वागत गरेका थिए । 

मुख्यमन्त्री राईले मेरिल्याण्डको निर्वाचन क्षेत्र ८ बाट राज्य प्रतिनिधि सभाका लागि डेमोक्रेटिक दल बाट बिजयी हुनु भएका ह्यारी भण्डारीलाई गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाका सभापति दुर्गा प्रसाद श्रेष्ठ मार्फत शुभकामना सहित सौगात स्वरुप खादा पठाउनु भएको छ ।


यसै गरि भर्जिनियाको हरनडन शहरको नगर परिषद सदस्यमा हालसालै बिजयी हुनु भएका प्रदिप ढकाल ,अमेरिकामा नेपाली मूलकी एक मात्र महिला घोडेपोलो तथा हात्तीपोलो खेल्ने खेलाडी केमिका भण्डारी तथा एवरेस्ट वर्ल्ड क्लास तेक्वान्दो का प्रमुख कुमार कार्की लगायतलाई हौसला प्रदान गर्दै खादा लगाई सम्मान गर्नु भएको छ ।  

मुख्यमन्त्री राईले आफ्ना भनाई राख्दै यहाहरु संग भेट्ने सुवर्ण अवसर प्राप्त भयो । र कार्यक्रमको संयोजन गर्ने महा बाणिज्यदुत प्रेम राजा महतलाई धन्यवाद दिनु भयो । मन्तब्य राख्ने क्रम मै मुलुकले अब स्पष्ट गति लिई सकेको अवस्था छ भन्दै मुलुक विकास र सम्वृद्धिको कार्यसूची(एजेन्डा) मा केन्द्रित रहेको बताउनु भयो ।

हामी बिगतमा धेरै समय सम्म अलमलियौ । वहाले संघियता पहिलो पटक रोजेका छौ । हाम्रो लागि नया चिज हो र प्रयोगको रुपमा यति बेला संघियतालाई हामीले आत्मसात गरेको बताउनु भयो । संघियताले नै हिमाल,पहाड र तराईलाई जोड्न सक्छ । सबै जात ,धर्म ,संस्कृतिलाई जोड्न सक्दछ । संघियताले नै मुलकको विकास र सम्वृद्धि सम्भव छ भन्नु भयो । 


मुख्य मन्त्रि राइले हाम्रा चुनौती र अप्ठ्यारा धेरै छन् । यति खेर देश सकारात्मक दिशा तर्फ बढेको छ । आफुले ६ -७ महिनाको अवधिलाई सरसर्ती हेर्दा चित्त बुझ्दो अवस्था छैन भन्नु भयो । म आफू स्वयम् पनि सन्तोष छैन भन्नु भयो । तर हामी संघियताको अभ्यास र प्रयोग तथा कानुन निर्माण र संरचनामा जुटी रहेको बताउनु भयो । 

संघिय सरकार ,प्रदेश र स्थानीय स्तर बिच समन्वय हुन् आवश्यक रहेको बताउनु भयो । हामी जनता प्रति उत्तरदायी भएर अगाडी बढ्ने एउटा प्रतिबद्धता साथ हामी अगाडी बढी रहेका छौ भन्नु भयो । 


समय अलिक लाग्छ भन्दै संघियता र संबिधानको उत्साहमा सबैलाई लानु छ भन्नु भयो । अब मुलुक पछाडी फर्कन सक्दैन ,यथास्थितिमा रहन सक्दैन ,द्वन्द तर्फ जान सक्दैन भन्नु भयो । 

अब हामी मुलुक सफल बनाएर छोड्ने बताउनु भयो । अन्त्यमा उपस्थित सबैमा देशको विकास र सम्बृद्धिमा योगदानमा जोडिन आग्रह गर्नु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो