2026-09-08 05:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपाली समुदायले यसरी मनाए भाईटीका, विभिन्न राज्यका १० तस्बिरहरु सहित

विजय थापा | कात्तिक २४,वाशिंगटन डिसी । समस्त नेपालीहरुकको मुख्य चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन को भाइटीका आज अमेरिकामा हर्सौल्लास साथ सम्पन्न भएको छ । अमेरिकामा सार्वजनिक बिदा नहुने भएको कारण समय व्यवस्थापन गरि नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको समय देखि छुट्टी मिलाएर भाईटीका मनाएका छन् । 

यस पटक धेरै राज्य तथा शहरहरुमा दिनभर परेको वर्षा तथा अमेरिकाका केही राज्यमा परेको हिऊमा पनि भाईटिका मनाइएको छ । अमेरिका मै तीन पुस्ते र बुवाआमा समेत बसोबास गर्ने क्रम वृद्धि भएको कारण अधिकांशका दाजुभाई दिदिबहिनि अमेरिकामा रहेको कारण धेरैले टीका समय मै लगाएका छन् । 

नेपालमा जस्तै काग तिहार देखि नै भाई टीका सम्म ५ दिन नै आफ्ना घरमा झिलीमिलि बनाएर नेपाल कै जस्तै गरि सामाग्री तयार गरि दाजुभाईलाई दिदि बहिनिले दिएका छन् । 

तिहारका लागी चाहनी सबै सामग्रीहरु अमेरिकामा उपलब्ध भएको कारण भाईटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दिएका छन् ।

नेपालमा भाई टीकाको शुभ साईत मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम रहेकोले अमेरिकामा पनि अधिकांशले यही समयमा नै टीका लगाएका छन् । साथै टीका दिनभर लगाउन कुनै बाधा नरहेकोले  समय अनुकुल पारेर काम बाट आएर साँझ देखि राती सम्म भाईटीका लगाईएको छ । 

अमेरिकामा केही राज्य तथा शहरबाट अर्को शहरमा ३ घण्टा सम्मको समय फरक हुने भएकोले अगाडी पछाडी टिका सुरु भै सकेको छ ।

तिहारमा केही नेपाली समुदायमा मनोरंजनको लागि कौडा पनि खेलेका छन् । बिशेष गरि अमेरिकामा जन्मेका दोस्रो पुस्तालाई आफ्नो पर्वको बारेमा अमेरिका आएका अभिभावकले सिकाउने र उनीहरुले पनि तिहारको बारेमा जान्ने अवसर पाएका छन् । 

यसै गरि देउसी र भैलो समेत अमेरिकाका विभिन्न राज्य ,शहर ,टोल र गल्लि गल्लीमाहरुमा खेलिएको छ । अमेरिका भर भाई टीका मनाउने क्रम जारी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल