2026-10-26 12:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपाली समुदायले यसरी मनाए भाईटीका, विभिन्न राज्यका १० तस्बिरहरु सहित

विजय थापा | कात्तिक २४,वाशिंगटन डिसी । समस्त नेपालीहरुकको मुख्य चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन को भाइटीका आज अमेरिकामा हर्सौल्लास साथ सम्पन्न भएको छ । अमेरिकामा सार्वजनिक बिदा नहुने भएको कारण समय व्यवस्थापन गरि नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको समय देखि छुट्टी मिलाएर भाईटीका मनाएका छन् । 

यस पटक धेरै राज्य तथा शहरहरुमा दिनभर परेको वर्षा तथा अमेरिकाका केही राज्यमा परेको हिऊमा पनि भाईटिका मनाइएको छ । अमेरिका मै तीन पुस्ते र बुवाआमा समेत बसोबास गर्ने क्रम वृद्धि भएको कारण अधिकांशका दाजुभाई दिदिबहिनि अमेरिकामा रहेको कारण धेरैले टीका समय मै लगाएका छन् । 

नेपालमा जस्तै काग तिहार देखि नै भाई टीका सम्म ५ दिन नै आफ्ना घरमा झिलीमिलि बनाएर नेपाल कै जस्तै गरि सामाग्री तयार गरि दाजुभाईलाई दिदि बहिनिले दिएका छन् । 

तिहारका लागी चाहनी सबै सामग्रीहरु अमेरिकामा उपलब्ध भएको कारण भाईटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दिएका छन् ।

नेपालमा भाई टीकाको शुभ साईत मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम रहेकोले अमेरिकामा पनि अधिकांशले यही समयमा नै टीका लगाएका छन् । साथै टीका दिनभर लगाउन कुनै बाधा नरहेकोले  समय अनुकुल पारेर काम बाट आएर साँझ देखि राती सम्म भाईटीका लगाईएको छ । 

अमेरिकामा केही राज्य तथा शहरबाट अर्को शहरमा ३ घण्टा सम्मको समय फरक हुने भएकोले अगाडी पछाडी टिका सुरु भै सकेको छ ।

तिहारमा केही नेपाली समुदायमा मनोरंजनको लागि कौडा पनि खेलेका छन् । बिशेष गरि अमेरिकामा जन्मेका दोस्रो पुस्तालाई आफ्नो पर्वको बारेमा अमेरिका आएका अभिभावकले सिकाउने र उनीहरुले पनि तिहारको बारेमा जान्ने अवसर पाएका छन् । 

यसै गरि देउसी र भैलो समेत अमेरिकाका विभिन्न राज्य ,शहर ,टोल र गल्लि गल्लीमाहरुमा खेलिएको छ । अमेरिका भर भाई टीका मनाउने क्रम जारी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने