2026-09-08 06:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१६ औँ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको १३४ औँ जन्म जयन्ती बेलायतमा सम्पन्न

सुरेन्द्र इङ्नाम | कात्तिक २६, केन्ट, बेलायत | गत ११ नोभेम्बर २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा १६ औँ राष्ट्रिय विभुती समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ति कार्यक्रम सम्पन्न गरेको हो ।

सदाको वर्षहरु जस्तै यस वर्ष पनि बेलायतको बिभिन्न ठाँउहरु बाट किराँत धर्मका भक्तजन र शुभ चिन्तकहरु भेला भएर १६ औँ राष्ट्रिय विभुती समाज सुधारक महागुरु फल्गुनन्दज्यूको १३४ औँ जन्म जयन्ति समारोहको आयोजना गरेको हो । 

प्रमुख अतिथि कियाचु युकेका पुर्ब केन्द्रिय अध्यक्ष सुबास चन्द्र जबेगु र अन्य अतिथि कियाचु थोरोक शाखाका वर्तमान अध्यक्ष दल प्रसाद आङ्देम्बे, कियाचु युके वेल्स शाखा अध्यक्ष पर्शु वनेम, समाजसेवि तथा लिम्बु भाषा तथा संस्कृति संरक्षक सुबर्ण नेम्बाङ्, पाँचथर समाजका अध्यक्ष चन्द्र सुन्दास, धनकुटा समाजका अध्यक्ष पुर्ण फालेच्छा, संघीय लिम्बुवान यूकेका महासचिव राम ईजाम, मोरङ् नेपाल छेत्र नम्बर ६ का भुतपुर्ब सभासद श्रीमती तारा राई साथै अग्रज समाजसेबिहरुहरुले संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात गरेपछि महागुरुको नाममा सेवासाबा रुद्र तुम्बापोले सेवापुजा सुरु गरेको थियो । 

सेवापुजा सकेपछि “किराँत सत्यहाङ्मा महागुरु फल्गुनन्द समाज”का वर्तमान अध्यक्ष दिपक तुम्बापोले महागुरुको जीवनी प्रस्तुत गरेका थिए ।

कार्यक्रमको मध्यान्तरमा यसै संस्थाका सदस्य श्री पुर्ण कुमार फालेच्छा हालै धनकुटा सेवा समाजको अध्यक्ष जस्तो गरिमामय पद सम्हाल्ने अवसर पाएकोमा संस्थाले कार्यकाल सफलता साथै बधाई दिए ।

अन्त्यमा अध्यक्ष दिपक तुम्बापोले सम्पुर्ण अतिथि, भक्तजन र शुभचिन्तकहरुलाई आजको कार्यक्रममा उपस्थित भई सफल पारिदिएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दै कार्यक्रम औपचारिक रुपमा सकिएको र पुजा पछि खानपिनको ब्यवस्ता भएको पनि जानकारी दिदै समापन गरेका थिए । 

विहानको ११ बजे कार्यक्रम शुरु भएर दिउसो ५:३० बजे सकिएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष रकम चेम्जोङ्ले स्वागत मन्तब्य दिएका थिए र सचिव भगीरथ जबेगुले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल