२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सल्यान जिल्ला परिक्रमा गर्ने रिङ रोड निर्माण हुँदै

१ मंसिर २०७५, शनिबार १४:००

मङ्सिर १, सल्यान | सल्यानमा सांसद तथा स्थानीय तहका जनप्रतिनिधीहरुले मोटरबाटो खनेर श्रम गरेका छन् । पछिल्लो समय मोटरबाटो निर्माण गर्नका लागी डोजरको बढि प्रयोग भइरहेको भन्दै त्यसलाइ कम गरि समुदायकै सहभागीतामा विकास कार्य अघि बढाउन श्रम गरेका हुन् । 

प्रतिनिधीसभाका सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री टेक बहादुर बस्नेत, कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेन लगाएतका जनप्रतिनिधीहरुले शनिबार कपुरकोट सिमलकुना हुँदै दाङ जोड्ने मोटरबाटो गैँती, बेल्चा लगाएतका घरायसि औजार प्रयोग गरि खनेका हुन् ।

सो अवसरमा आयोजित कार्यक्रममा सांसद् बस्नेतले कुनै पनि विकासमा जनता जोडिएनन् भने दिगो नहुने बताए । ‘जवसम्म विकासमा जनताले पसिना बगाउँदैनन् तव सम्म त्यो विकास आफ्नो हुँदैन,’ उनले भने । डोजर तथा मेसिनको प्रयोगबाट काम छिटो, कम लागतमा हुने भएपनि त्यो विकास मजदुरसंग नजोडिने बताए । केन्द्र सरकारको पूर्वाधार विकास अन्तर्गत कपुरकोट २ को सिमलकुना हुँदै दाङ जोड्ने सडकमा यो वर्ष ३० लाख रुपैयाँ विनियोजन भएको छ । 


गत वर्ष कपुरकोट गाउँपालिकाले २९ लाखको लागतमा ट्रयाक खोलेर १ हजार ७ सय मिटर बाटो निर्माण गरिसकेको छ । र यो वर्ष केन्द्रीय सरकोरको ३० लाख तथा गाउँपालिकाको ५ लाख गरि ३५ लाखको बजेटमा स्थानीय उपभोक्ताहरुले नै बाटो खन्ने भएका छन् ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सांसद् बस्नेतसंग समन्वय गरेर विकासमा अघि बढ्ने जनाउँदै सिमलकुनाको बाटोलाइ गन्तव्य सम्म पुर्याइने प्रतिवद्धता जनाए । उनले भने, ‘अव ५ किलोमिटर जती बाटो खन्न बाँकी छ । यसलाइ हामी गन्तव्यमा पुर्याउँछौँ । हामीले डीपीआर तयार गरिसकेका छौँ ।’ सम्भव भएको ठाउँसम्म गाउँका उपभोक्ताले नै मोटरबाटो खन्ने र असम्भव ठाउँमा डोजर प्रयोग गरिने निर्माण उपभोक्ता समितीका अध्यक्ष तुलाराम पुनले जनाएका छन् ।

शनिबार उक्त मोटरबाटोमा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजाल, वडा नम्बर १ का अध्यक्ष बालाराम खड्का, २ का अध्यक्ष मान बहादुर राना, ३ का अध्यक्ष मिन बहादुर सेन लगाएत स्थानीयले श्रम गरेका छन् ।

जिल्ला परिक्रमा गर्ने रिङ रोड निर्माण हुँदै

यसैविच सल्यान जिल्ला परिक्रमा गर्नका लागी रिङ रोड निर्माण गरिने भएको छ । प्रतिनिधीसभाका सदस्य बस्नेतले सल्यानलाइ छुने छिमेकी जिल्लाहरुको सिमाना हुँदै रिङ रोड निर्माण गर्ने कार्य शुरु भइसकेको बताए । रिङ रोडका लागी २६० किलोमिटर खन्नुपर्ने र हाल १२० किलोमिटर बाटो निर्माण भइसकेको जनाए । कपुरकोट गाउँपालिकामा रिङ रोडका लागी ५० लाख रुपैयाँ विनियोजन भएको जनाउदै बस्नेतले शनिबार कपुरकोट गाउँपालिकाका अध्यक्ष र आफुले रिङ रोड निर्माण गरिने क्षेत्रको अवलोकन गरेको बताए । उनले जनतासंग जोडिएको विकासमा भ्रष्टाचार नहुने बताउँदै विकासमा सबै एकजुट भएर लाग्न आग्रह गरे ।


कार्यक्रममा नेकपाका नेताहरु कृति बहादुर पुन, आशिष मल्ल, प्रदिप बस्नेत, ओम बहादुर बुढा, काग्रेसका डण्ड बहादुर सेन, अम्ब बहादुर घर्ती, सामुदायीक वन उपभोक्ता महासंघ कर्णालि प्रदेशका अध्यक्ष घनश्याम शर्मा, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरि, मानव अधिकार प्रतिष्ठान सल्यानका अध्यक्ष प्रकाश भण्डारि, कपुरकोट बजार व्यवस्थापन समिती अध्यक्ष रुपक बुढा लगाएतको सहभागीता थियो ।

माथिको तश्वीरमा: मोटरबाटो खन्दै प्रतिनिधीसभा सांसद् बस्नेत र गापा अध्यक्ष सेन ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन