कमल घिमिरे ।मंसिर ५ पाँचथर | पाँचथरको फाल्गुनन्द गाउँ पालिका ५ मा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
फाल्गुनन्द गाउँ पालिका ५ साविक फाक्तेप ३ निवासी ४२ वर्षीय नर बहादुर चेम्जोङ ले आफ्नी ३९ बर्षिय श्रीमती मायाँ चेम्जोङलाई मङ्गलबार साँझ घरमै खुकुरी प्रहार गरी हत्या गरेका थिए।

घरायसी विवादका कारण हत्या भएको प्रहरीको अनुमान छ।

श्रीमान चेम्जोङलाई पक्राउ गरी सदरमुकाम ल्याइएको पाँचथर प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक अनिल कुमार पौडेल ले बताउनुभएको छ।

श्रीमानद्वारा खुकुरी प्रहार गरि आफ्नै श्रीमतीको हत्या