2026-09-08 06:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यात्रुबहाक बस महानदिमा खस्दा बाह्र जनाको मृत्यु

मङ्सिर ५, उडिसा | भारतीय शहर जयपुरनजिकै कटाकमा मङ्गलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । 

केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गर्नुभएको छ । उहाँले अस्पतालमा गएर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिनुभएको समाचारमा जनाइएको छ । 

स्थानीय ताल्चेरबाट कटाकतर्फ आइरहेको बस महानदी नदीको पुलबाट नदीमा खसेको थियो । कटाक प्रशासनले उद्धार कार्य जारी राखेको मन्त्री प्रधानले जानकारी दिनुभयो । 

उडिसा राज्यका मुख्यमन्त्री नवीन पटनायकले यस घटनामा मारिएको व्यक्तिका परिवारजनलाई २ लाख भारु क्षतिपूर्ति दिइने घोषणा गरिएको जानकारी दिनुभएको छ । 

यस दुर्घटनामा मारिएका व्यक्ति प्रति पटनायकले दुःख व्यक्त गर्नुभएको छ । साथै घाइते भएका व्यक्तिहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । 

बसमा करिब तीस जना यात्रु सवार थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल