2026-09-08 05:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाटो काट्दै गरेका बालबालिकालाई कारले ठक्कर दिँदा ५ जनाको मृत्यु

मङ्सिर ६, बेइजिङ | उत्तरपूर्वी चीनमा विद्यालय जान लागेका स–साना बालबालिकाले बाटो काट्ने क्रममा कारले ठक्कर दिएपछि पाँच जनाको मृत्यु भएको छ । 

बाटो काट्दै गरेका उनीहरुलाई एक कारले ठक्कर दिएपछि पाँच बालबालिकाको मृत्यु हुनुको साथै अन्य १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । 

लिआओनिङ प्रान्तको हुलुदाओ शहरमा यो दुर्घटना भएको हो । ठक्कर दिने कारको चालकलाई हिरासतमा लिइ अनुसन्धान सुरु गरिएको स्थानीय टेलिभिजनले जानकारी दिएको छ । 

सो कार गलत दिशाबाट आएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । गलत दिशाबाट आएकोले बाटो काटिरहेका बालबालिकालाई ठक्कर दिएको उनीहरुको भनाई छ । 

यसै महिनाको शुरुमा चोङ्गकिङ प्रान्तमा एक सडक दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको थियो । गत सेप्टेम्बरमा हुनान प्रान्तमा भएको एक सडक दुर्घटनामा ११ व्यक्तिको मृत्यु भएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल