2026-09-08 05:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलबर्नमा नयाँ विद्यार्थीलाई बिएमडब्लुद्धारा नि:शुल्क बारिस्टा तालिम

मङ्सिर ७, अष्ट्रेलिया | अन्य देशबाट अस्ट्रेलिया आएपस्चात काम खोज्ने क्रममा स्थानिय कामको अनुभबबारे सोध्ने, तर सोको अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्या झेल्नुपर्ने वास्तबिकतालाई ध्यानमा राखेर मेलबर्नको बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीले नयाँँ आउने विद्यार्थीको लागि नि:शुल्क बारिस्टा तालिमको ब्यबस्था गर्ने भएको छ । यो तालिमको प्रशिक्षकको भूमिका न्यू कन्सेप्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत कृष्ण सापकोटाले निर्बाह गर्नु हुनेछ ।     

तालिम १२:०० बजेदेखि १४:०० बजेसम्म Bell Street Canteen, Address 399 Bell street Pascoe Vale South 3044 मा उपलब्ध गराइनेछ । यस्का लागि तालिम लिन इच्छुकले बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीको कार्यालय Suite 218, 530 Little Collins Street, Melbourne मा ९:३० देखि १७:३० को समयमा कुनै पनि दिन गएर आफ्नो नाम दर्ता गर्न सक्नेछ । 

तालिमको दुई भाग हुनेछन । पहिलो सेसन कफी बनाउन र ग्राहकसंग कसरी व्यबहार गर्ने भन्ने बिषयमा केन्द्रित हुनेछ भने दोश्रो सेसन अस्ट्रेलिया आएपछिका अत्याबस्यक जानकारीमूलक कुराहरु जस्तै सार्वजनिक यातायात सिस्टम, बायोडाटा बनाउने र काम खोज्ने तरिका, ब्यक्तिगत सुरक्षा, अस्ट्रेलियन ट्याक्स र आपतकालिन अवस्थाका बारेमा जान्नुपर्ने कुराहरुमा केन्द्रित हुनेछ ।

यो त्यही संस्था हो जस्ले दुई हजार डलर राशीको बिएमडब्लू कप अस्ट्रेलियाको मेलबर्नमा क्रिकेट खेलप्रति खेलाडीहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले यो बर्षदेखि प्रदान गर्न शुरु गरिसकेको छ ।  

बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सी मेलबर्नका निर्देशक बिष्णु सापकोटा आफू शुरुमा अस्ट्रेलिया आउँदा भोग्न परेका समस्या नयाँँ आउनेहरुले भोग्न नपरोस भन्ने भावनाले यो नि:शुल्क तालिमको ब्यबस्था गर्न आफूलाई प्रेरित गरेको बताउनुहुन्छ । सहयोगी भावनाले ओतप्रोत भएर अस्ट्रेलिया जस्तो देशमा आएर पनि आफूले जस्तै नबागन्तुकहरुले दु:ख भोग्न नपरोस भनी यसरी नि:शुल्क तालिमको ब्यबस्था गरेकोमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले बधाई ज्ञापन गर्दै यो बर्षका उत्कृष्ट ५ जना सहभागीलाई Himalayan Experience Travel का तर्फबाट प्रदान गरिने बिशेष भेस्ट प्रदान गरिने जानकारी गराउनु भयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल