२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियन नेताद्धारा वुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह (भिडियो)

२५ मंसिर २०७५, मंगलवार ०७:३८

मङ्सिर २५, काठमाडौं | अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड पहिलो पटक १९९८ मा फेडेरल चुनाव मार्फत प्रतिनिधि सभामा निर्बाचित भएको चुनाव क्षेत्र भिक्टोरियाको लालोरबाट नै फेडेरल सांसदको रुपमा प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेकी जोआन र्यानले २०१५ मा गएको बिनाशकारी भूकम्पका कारण अत्यन्तै प्रभाबित भएको वुद्ध र सगरमाथाको देश नेपालमा पर्यटकको रुपमा जानका लागि अस्ट्रेलियनहरुलाई आग्रह गरेकी छिन् । लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले मेलबर्नमा यही डिसेम्बर १५ मा हुन गैराखेको नेपाल फेस्टिबलको प्रचार प्रसार गर्ने क्रममा सांसद जोआनसंग गर्नु भएको भेटघाटको क्रममा उन्ले भिडियो सन्देश मार्फत अस्ट्रेलियनहरुलाई उक्त आग्रह गरेकी हुन । 


नेपालमा बिनासकारी भूकम्पका बेलामा अस्ट्रेलियाले सामाजिक संरचना निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गरेको र लेबर पार्टीले अस्ट्रेलियामा शिक्षा क्षेत्रलाई प्राथमिकता दिराखेकोले नेपालमा पनि उक्त दु:खद घटनाको बेलामा स्कूलहरुको पुनर्निर्माणमा सहयोग पुर्याएर लामो समय स्कूल जान नपाएका बालबालिकाहरुलाई स्कूल फर्कन सहयोग पुर्याएको कुरा आफ्नो मन्तब्य दिने क्रममा सांसद जोआनले स्मरण गरिन । 

मन्तब्य दिने क्रममा जोआनले बिदाको समयमा वुद्ध र सगरमाथाको देश नेपाल गै त्यहाँको पर्यटन उद्योगमा योगदान दिएर दीर्घकालिन रुपमा सहयोग गर्न र त्यहाँ लगानीका संभावनाहरुको खोजी गरेर सकारात्मक प्रभाब पार्न सकिने र यसबाट द्धिपक्षीय मैत्री र साझेदारी मजबुतिकारण गर्न सकिने बताइन् । 

यस अघि मेलबर्नमा यही डिसेम्बर १५ मा हुन गैराखेको नेपाल फेस्टिबलको प्रचार प्रसार गर्ने क्रममा विस्व संयोजक श्रेष्ठले जिलोङकी सांसद क्रिस्टिन कोउजिन्स र अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सबमध्येकै एक महोत्सब पाको फेस्टा आयोजना गर्ने संस्था डाइभर्सिटाटका प्रमुख कार्यकारी अधिकृत माइकल मार्टिनेजसंग पनि भेटघाट गरेका थिए र जिलोङ निवासीद्धय ज्ञानेन्द्र उप्रेती र आरजु बस्नेत पनि उक्त भेटघाटमा सहभागी थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य