Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डीसीमा काठमाडौँ बिश्व बिद्यालयका प्रथम समुहको ऐतिहासिक प्रथम भेला सम्पन्न

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

विजय थापा | पुष ८, वाशिंगटन डीसी । अमेरिकाको राजधानी वाशिंगटन डीसीमा काठमाडौँ बिश्व बिद्यालयका पूर्व बिद्यार्थीहरुका प्रथम समुह को ऐतिहासिकभेला सम्पन भएको छ । गत डिसेम्बर २२ तारिख शनिबार उत्तर अमेरिकामा बिशेष गरि अमेरिकाका विभिन्न राज्यमा यत्र तत्र छरिएर रहेका सन् १९९८ का ब्याच९समूह० का पूर्व बिधार्थीहरुले आयोजना गरेको उक्त भेटघाट कार्यक्रममा अमेरिकामा स्थापित बिभिन्न पेशामा संलग्न रहेकाहरुको प्रथम भेला भएको थियो ।

कार्यक्रममा २० बर्ष पछि भेटघाट कार्यक्रमलाई कुन देशमा आयोजना गर्ने भन्ने बिषयमा बिशेष गरि अमेरिका,अस्ट्रेलिया ,बेलायत लगायत अन्य देशमा छरिएर रहेका बिधार्थिहरु बीच छलफल भै अमेरिकामा आयोजना गर्ने निधो भएको कार्यक्रममा बताईएको थियो ।

डिसेम्बर २५ मा आउदै गरेको क्रिसमस पर्व को संघारमा आयोजना गरिएकोले अपेक्षा भन्दा केही न्यून सहभागीहरुको उपस्थिति रहेको आयोजकले जनाएका थिए ।

मूल उद्देश्य मातृभूमिलाई आफूले कसरी सहयोग गर्न सकिन्छ ,स्वयम सेवक रुपमा के कस्ता बिदेशमा रहेता पनि सहायता गर्न सकिन्छ भन्ने बिषयमा समेत चर्चा गरियो । साथै निकट भबिष्यमै संगठन स्थापना गर्दै देशमा लगानी गर्ने तथा आफूले प्राप्त गरेका शीप तथा ज्ञान समेत मातृभूमिलाई प्रदान गर्ने कुरामा छलफल गरिएको छ ।

उक्त भेलामा १९९८ का समूहका अधिकांस बिधार्थीहरु सूचना प्रविधि९ आईटि० का विभिन्न क्षेत्रमा क्षेत्रमा ब्यबसायिक रुपमा रहेका अभियन्ताहरु ९इञ्जिनियर०को सहभागिता रहेको थियो ।

उक्त भेलामा १९९८ मा काठमाडौँ युनिभर्सिटीका संस्थापक प्रा डा जेम्स जोशी९विधा वारिधि० को पनि उपस्थिति रहेको थियो । प्रा जोशी हाल अमेरिकाको पेनसेलभेनिया राज्यको युनिभर्सिटी अफ पिट्सबर्गमा प्राध्यापक को रुपमा अध्यापन गराई रहनु भएको छ ।

प्रा डा जोशी९विधा वारिधि ० ले आफूले प्रा भएर अमेरिका आए पछि पुन बिधार्थी भएर आफूले भोगेका अनुभव गरेका कुराहरु सुनाउनु भएको थियो । मूल त जीवन संघर्ष हो भने जीवनमा धैर्यता तथा लगन को धेरै महत्व हुने बताउनु भयो । आफूलाई निम्तो दिई केही कुराहरु राख्न दिएकोमा धन्यबाद दिनु भएको थियो ।

कार्यक्रममा बिहान ९ स्१५ बाट सुरु भै साँझ ४स३० सम्म चलेको थियो । उक्त कार्यक्रममा उपस्थित बिद्यार्थीहरुले उक्त बिश्वबिद्यालयमा गरेका अनुभव, मिठा ऐतिहासिक आफ्ना भोगाई तथा अमेरिका आए पछि गरेका संघर्षका कथा सुनाएका थिए ।