२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाबाट “सच्चीको साथमा..” कार्यक्रम टोलीबाट नेपालका अनाथहरुलाई सहयोग

२०७५, २५ पुष बुधबार १६:०५

विजय थापा | पुस २४, वाशिंगटन डीसी । “सच्चीको साथमा..” नामक कार्यकमको टोलीले नेपालको विकट गाउँ बाजुराका अनाथहरुको सहयोगार्थ ५ लाख ३५ हजार ७ सय ९ रुपैया ३६ पैसा संकलन गरेको छ । उक्त रकम जनवरी ८ तारिखमा नेपाल पठाई सकिएको जानकारी  “सच्चीको साथमा “नामक कार्यक्रमकि प्रस्तोता सच्ची मैनालीले जानकारी गराइएकि छिन् । अमेरिकाबाट कुल ३ हजार ७ सय ६६ डलर ४७ सेन्ट पठाईएको छ भने नेपाली रुपैया ४ लाख १३ हजार ७ सय ६४ रुपैया हुन् गएको छ । उक्त रकम गो फन्डको खर्च कटाएर पठाइएको हो ।

उक्त रकम जनवरी ८ तारिखमा नेपाल पठाई सकिएको जानकारी  “सच्चीको साथमा "नामक कार्यक्रमकि प्रस्तोता सच्ची मैनालीले जानकारी गराइएकि छिन् । अमेरिकाबाट कुल ३ हजार ७ सय ६६ डलर ४७ सेन्ट पठाईएको छ भने नेपाली रुपैया ४ लाख १३ हजार ७ सय ६४ रुपैया हुन् गएको छ ।

नेपालका चर्चित कान्छा सामाजिक अभियन्ता केपी खनाल स्वयमले नेपालको विकट बाजुराका करिव ४० अनाथ बालबालिकाहरुका लागि शुरुआत गरेको अनाथ बालगृह निर्माणको निर्माणका लागि आवश्यक आर्थिक सहयोगका लागि पहल गरिदिन अनुरोध गरेपछि तत्कालै नि:शर्त उक्त अभियान इनेप्लिज डट् कम अनलाईन मिडियाको "सच्चिको साथमा" टिमले नि:स्वार्थ उक्त अभियानलाई हातेमालो गर्दै केही साता अघि मात्र गो-फण्ड मार्फत अमेरिकाबाट आर्थिक सहयोग अभियान थालिएको थियो।

नेपालको बिकट गाउँ बाजुरामा बन्दै गरेको अनाथहरुको बालगृह निर्माण कार्यमा आर्थिक अभावका कारण भवनको छत हाल्ने तथा अन्य विविध निर्माण कार्य रोकिएको हुँदा उक्त कार्य कुनै पनि हालतमा रोकिनु हुन्न र यसका लागी अपुग रकम मध्ये संसारभरका नेपाली परिवारजनहरुबाट अनुरोध गर्ने र यसै क्रममा अमेरिकावासी नेपाली समुदायबाट करिव ३ लाख नेपाली रुपैया जति संकलन गर्ने लक्ष्य राखेको अभियानका अभियन्ता के पि खनालले बताएका थिए।

उनैको विशेष अनुरोधपछि उक्त अभियानलाई इनेप्लिजको घरबास र प्रवासको समसामयिक बिषय समेटिँदै संचालनमा रहेको चर्चित कार्यक्रम "सच्चीको साथमा" का टिमले अमेरिकाका लागी सहयोग संकलन र उक्त अभियानमा सहकार्य गरेको हो।

३ हजार अमेरिकी डलरको लक्ष्य राखेर सुरु गरिएको "हेल्प फर दि होमलेस किड्स अभियान शुरु गएको करिव २६ घण्टामा रकम संकलन भएको हो । 

८७ जना विभिन्न मनकारी दानबीरहरुबाट प्राप्त उक्त सहयोग रकमले अब अनाथ बालबालिकाहरुका लागि बन्ने बालआश्रम बन्न अब नरोकिने र समय मै निर्माण सम्पन्न हुनेमा सबै ढुक्क भएका छन् । 

दान सहयोगमा बिशेष दोश्रा पुस्ताका नेपाली अमेरिकी बालबालिकाहरुको उत्साहजनक रुपमा सहभागीता रहेको छ । ती स-साना बालबालिकाहरुमा आफ्नो मातृभूमी प्रतिको प्रेम, घरदेशको अवस्था र बिशुद्ध समाजसेवाको भावनालाई जागृत गराउँदै यस्ता अभियानहरुमा सहभागी गराउन सफल भएकोमा अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित बिधुतिय पत्रिका (अङ्किय पत्रिका) ईनेप्लिज डट कमको “सच्चीको साथमा” नामक कार्यक्रम कि प्रस्तोता सच्ची मैनाली सहित उनको समूहले यो अभियान सोँचे भन्दा सफल भएको जनाएको छ । 

यसले उक्त टोलीलाई थप उत्साह र जिम्मेवारी थपिएकोले भावी दिनहरुमा यस्ता अन्य मानवीय सहयोगका अभियानहरुलाई समेत निरन्तरता दिँदै लगिने सम्पुर्ण शुभचिन्तकहरुमा जानकारी गराउँदै कार्यक्रम संचालिका सच्ची मैनालीले भबिश्यमा समेत यसरी नै सवैले साथ, सहयोग र सहकार्य गर्ने कुरामा आफुहरु बिश्वस्त रहेको बताएकि छिन्।


साथै हाल सम्म बाजुराको अनाथ बालगृह निर्माणको लागि जम्मा गो-फण्ड तथा प्रत्यक्ष रुपमा गरेर रू ५ लाख ३५ हजार ७ सय ९ रुपैया ३६ पैसा आर्थिक सहयोग संकलन भएको छ भने भविश्यमा पनि अझै केही दाताहरुले सहयोग गर्ने इच्छा ब्यक्त गरेको मैनालीले जानकारी गराईन्।

गत डिसेम्बर २८ तारिखमा शुरु गरिएको गो-फण्ड मार्फत सच्चीको साथमा टिमले हातेमालो गरेर कान्छा अभियन्ता के. पि खनालको बालगृह निर्माणको आर्थिक सहयोग संकलन अभियान शुरु भए लगतै डिसेम्बर २९ तारिखको साँझ भित्र नै लक्षित सहयोग रकम संकलन भएको थियो ।

अमेरिकी बिदाका दिनहरुका कारण आज जनवरी ८ तारिख मात्रै खाताबाट रकम झिकी नेपाल पठाईएको र हाललाई उक्त गो-फण्ड खाता बन्द भएको जानकारी गराउँदै उक्त ठुलो रकम भन्दा पनि सवैको सहभागिता र थोरै रकम प्रदान गर्न सकियोस होस् भन्ने हेतुले गरिएको आवाज सबैले सुनी सहयोग गरेको बताइन ।


अभियानलाई विभिन्न संजालहरु मार्फत शेयर गरि प्रचारप्रसारमा सहयोग गर्नुहुने जान अन्जान करिव ३९७ सहयोगीजनहरु र करिव ८७ जना मनकारी सहयोगदाताहरु र सम्पुर्ण टिम प्रति हार्दिक आभार ब्यक्त गरेकी छिन्। 

उनले अगाडी भनिन – "अनाथ बालबालिकाहरुलाई ओत लाग्ने ठाउँ बन्नै पर्छ र परदेशमा रहेर पनि देशमा केही सहयोग गर्ने यो राम्रो अवसर पनि हो भन्दै ईजरायलबाट समेत १ लाख नेपाली रूपैंयाको सहयोग प्राप्त भएको बताएकी छिन्।

आफ्ना दुई मुटुका टुक्राहरू ६ बर्षकि डिएला ओली र दुई बर्ष पनि नपुगेकि आविगेल ओलीको नाममा बुवा दिपक प्रसाद ओली र आमा इश्वरी बानिया ओलीले समेत हाम्रो यस सच्चीको साथमा कार्यक्रमबाट शुरु गरिएको सहयोग संकलन अभियानलाई साथ र सहयोग गरेको जानकारी गराउनु भएको छ । काठमाडौँमा २१ हजार ९ सय ४५ रुपैया हस्तान्तरण भै सकेको छ । 

सामाजीक अभियन्ता दिपक प्रसाद वलीले उक्त रकम यसै कार्यक्रमको दौरानमा समूहसंग सम्पर्क र समन्वय गरी हस्तान्तरण गर्ने जानकारी गराउनु भएको छ । उल्लेखित रकम मध्ये अब मात्र १ लाख रूपैंया यसै हप्ता हस्तान्तरण नेपालमै हुने मैनालीले बताएकि छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा