2026-09-08 06:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफुलाई प्रेमीसँग आपत्तिजनक अवस्थामा देखेपछि आमाले गरिन् आफ्नै छोरीको हत्या

काठमाडौँ । प्रेमीसँग आपत्तिजनक अवस्थामा छोरीले देखेपछि एक महिलाले आफ्नै छोरीको हत्या गरीकी छन् ।

भारतको हरियाणा स्थित करनाल शहरमा एक ८ वर्षीया बालिकालाई आफ्नै आमाले प्रेमीसँग मिलेर हत्या गरेकी हुन् । प्रेमीसँग आपत्तिजनक अवस्थामा आमा फेला परेपछि बाबुलाई यो कुरा बुवालाई भनिदिने चेतावनी बालिकाले दिएकी थिइन् ।

यही कारण महिलाले आफ्ना प्रेमीसँग मिलेर छोरीको हत्या गरेकी हुन् । बालिका घरबाहिर खेलीरहेकी थिइन् । जब खेल सकियो उनी घरभित्र गइन् जहाँ उनले आमा लक्ष्मीलाई आफ्ना प्रेमीसँग आपत्तिजनक अवस्थामा देखिन् ।

दुवैजना सोनमलाई देखेर अताल्लीए । उनीहरुले सोनमलाई यो कुरा कसैलाई नभन्न आग्रह त गरे तर उनले भनिदिने डर मनबाट कम भएन । आफ्नो कर्तुत खुल्ने डरले दुवैजनाले मिलेर बालिकाको घाँटी थिचेर हत्या गरे र उनको शवलाई कट्टामा राखेर नरहमा फाले । लक्ष्मीले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिइन् ।

लक्ष्मी आफ्नो घर आइन् र उनका प्रेमी अमित पनि आफ्नो घर गए । दुवैलाई लागेको थियो होला सोनमको शव नहरमा बगेर हराउनेछ । तर शव कट्टामा रहेका कारण बगेर जान सकेन । कसैले शव भेटिएको जानकारी प्रहरीलाई दिए । प्रहरीले घटनाको छानबिन सुरु गर्यो । पोस्टमार्टममा उनको घाँटी थिचेर हत्या भएको कुरा पत्ता लाग्यो ।

प्रहरीले छानबिन गर्ने क्रममा शंकाको सुई आमा लक्ष्मीतिर घुम्यो र अमित पनि पक्राउ परे । प्रहरीले एक सिसिटीभी फुटेज हात पार्यो जसमा अमितले बाइकमार्फत कट्टामा राखिएको बालिकाको शव लगेर गइरहेको देखियो ।

दुवैजनाले आफ्नो अपराध स्वीकार गरे । प्रहरीले दुवैजनालाई हत्या मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग