2026-10-26 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुवईमा धुर्मुस–सुन्तली फाउण्डेशनको सहयोगार्थ लाईभ कन्सर्ट हुँदै

रमेश खड्का काशी | दुबईमा मार्च १५ तारिक  आयोजना हुने नेपथ्य लाईभ कन्सर्टबाट संकलन भएकों मुनाफा धुर्मुस–सुन्तली फाउण्डेशनले  चितवनमा  निर्माण गर्न लागेको गौतम बुद्द अन्तर्रा्ष्ट्रिय क्रिकेत रगंशाला निर्माणस्थल सहयोग गर्ने भएको  छ । 

लोकरक ब्याण्ड नेपथ्यले स्थापनाको २५ औं वर्ष अवसरमा सांगीतक यात्राको लागि देश बाहिर दुबई आउन लागेको हो । नेपथ्य लाइभ कन्सर्ट नामकरण गरिएको सांगीतिक कार्यक्रम करामाको अलनासर लेजरल्याण्ड क्लबमा हुने भएको छ । ३ हजार बढी दर्शक क्षमता भएको क्लबलाई तताउन नेपालबाट ब्याण्डका प्रमुख अमृत गुरुङको संयोजनमा १० सदस्यहरु टोली आउने आयोजक मोहनसिंग लिम्बुले बताए । 

भारत, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, युरोप, कोरिया, जापान, हङकङ, लगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको नेपथ्य दोश्रो पटक दुबई आउन लागेको हो ।

प्रवासमा रोजगारीको थकानलाई नेपाली कलासाहित्य संस्कृतिलाई प्रबर्धन एंवम् साङ्गितिक मनोरञ्जनको लागि सांगीतिक समुह नेपथ्य दुबई आउन लागेको हो। नेपथ्य लाइव कन्सर्ट नामकरण गरिएको सांगीतिक कार्यक्रम दुबाईको आयोजना युएईमा रहेका रमेश ढकाल, मोहनसिंग लिम्बु सुजन रजक  र हरि भुजेलले आयोजन गरेका हुने ।

सांगीतिक समुह नेपथ्यले यसअघि दुबईमा नेपालमा विनासकारी महाभुकम्पबाट पिडितहरुको लागि सहयोगार्थ कर्यक्रम सफल रुपमा सम्पन्न भैसकेको छ । २०१९ मार्च १५ तारिक हुने कार्यक्रमबाट संकलित मुनाफा भएको २० प्रतिशत रकम पनि  गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेत रगंशाला निर्माणस्थलको लागी सहयोग गर्ने आयोजक बताएका छन  ।

लोक, रक र पप गीतको फ्युजने मनोरन्जन प्रदान गर्दौ  सामाजिक सेवामा समेत अग्रसर रहदै आएको छ । विश्व चर्चित सांगीतिक मञ्च वेम्बलीमा सांगीतिक प्रस्तुति समेत गरिसकोके एक मात्र सांगीतिक समुह हो। नेपालको पुरानो तथा चर्चित सांगीतिक समूहले भारत, अष्ट्रेलिया, अमेरिका बेलायतलगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको छ ।

नेपथ्य ब्याण्डले हालसम्म नेपथ्य, हिमाल चुचुरे, मीन पचासमा, रेशम, भेडाको ऊनजस्तो, घटना, मेरो देश, ऐनाझ्याल लगाएतका एल्बम ल्याइसकेको छ । यस एतिहासिक नेपथ्यको सांगीतिक  समुहको प्रस्तुतिमा हुने नेपथ्य लाइव कन्सट कार्यक्रमलाई भंब्य र सफल बनाउनको लागि आयोजकले त्यस दिन युएईमा अन्य कुनै कार्यक्रम नगरिदिनु अनुरोध गरिएको आयोजक रमेश ढकालले अनुरोध गरेका छन ।

नेपथ्य लाईफ कन्सट दुबईका आयोजकले  कार्यक्रमलाई एतिहासिक रुपमा सफल बनाउन युएईमा कृयासिल सम्पूर्ण सामाजिक संस्थाहरु, जातिय संस्थाहरु, राजनितिक दलका भातृ संगठनहरु, बुद्धिजिवि, समाजसेवी, ब्यबसायी तथा पत्रकारहरु सबैलाई सहयोग गरिदिनुहुन अनुरोध गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने