२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

ड्राइभरबिनै गाडी गुडेपछी…

२५ माघ २०७५, शुक्रबार ०३:४२

माघ २५, सिन्धुली |  फिक्कल–२ चण्डीभञ्ज्याङमा बिहीबार बोलेरो रोकेर चालक झरे। केही सेकेन्डमै गाडी अचानक गुड्न थाल्यो। चालक पुनः बोलेरोमा पसेर स्टेयरिङ समाउँदै रोक्ने प्रयास गरे पनि सफल नभएको दुर्घटनाका घाइते जयप्रसाद न्यौपानेले सुनाए। बा.१५च ९४२२ नम्बरकोबोलेरो चालकसहित सडकबाट २ सय मिटर तल पहरामा खस्यो। 

दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। नौ यात्रु घाइते भएका छन्। चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी सिन्धुलीका डीएसपी लोकदर्शन थापाले जानकारी दिए। मृत्यु हुनेमा फिक्कल–२ की ५५ वर्षकी तिलमाया विक, वर्ष ६२ का कुनमान तामाङ, वर्ष ४५ की लक्ष्मी विक, वर्ष २५ की अनिता महत र वडा नम्बर ३ की वर्ष ३६ की शान्तामाया श्रेष्ठ छन्। महतको उपचारका क्रममा खुर्कोटस्थित शुभजीवन अस्पताल र अन्य घटनास्थलमा मृत्यु भएको डीएसपी थापाले सुनाए।

घाइते हुनेमा चण्डीभञ्ज्याङका मानबहादुर सुनुवार (बोलेरो चालक), गंगामाया विक, जयप्रसाद न्यौपाने, दीपककुमार सुनुवार, दीपक  श्रेष्ठ, फिक्कल–१ की चन्द्रमाया विक, राजेश सुनुवार, नन्दलाल विक र तीनपाटन गाउँपालिकाका गणेश घिसिङ छन्।

चाकलसहित गम्भीर अवस्थामा रहेको थापाको भनाइ छ। उनीहरूलाई थप उपचारका लागि काभ्रे धुलिखेल र काठमाडौंतर्फ पठाइएको छ। 


- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजन गाउँलेले लेखेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ