Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ड्राइभरबिनै गाडी गुडेपछी…

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २५, सिन्धुली |  फिक्कल–२ चण्डीभञ्ज्याङमा बिहीबार बोलेरो रोकेर चालक झरे। केही सेकेन्डमै गाडी अचानक गुड्न थाल्यो। चालक पुनः बोलेरोमा पसेर स्टेयरिङ समाउँदै रोक्ने प्रयास गरे पनि सफल नभएको दुर्घटनाका घाइते जयप्रसाद न्यौपानेले सुनाए। बा.१५च ९४२२ नम्बरकोबोलेरो चालकसहित सडकबाट २ सय मिटर तल पहरामा खस्यो।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। नौ यात्रु घाइते भएका छन्। चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी सिन्धुलीका डीएसपी लोकदर्शन थापाले जानकारी दिए। मृत्यु हुनेमा फिक्कल–२ की ५५ वर्षकी तिलमाया विक, वर्ष ६२ का कुनमान तामाङ, वर्ष ४५ की लक्ष्मी विक, वर्ष २५ की अनिता महत र वडा नम्बर ३ की वर्ष ३६ की शान्तामाया श्रेष्ठ छन्। महतको उपचारका क्रममा खुर्कोटस्थित शुभजीवन अस्पताल र अन्य घटनास्थलमा मृत्यु भएको डीएसपी थापाले सुनाए।

घाइते हुनेमा चण्डीभञ्ज्याङका मानबहादुर सुनुवार (बोलेरो चालक), गंगामाया विक, जयप्रसाद न्यौपाने, दीपककुमार सुनुवार, दीपक  श्रेष्ठ, फिक्कल–१ की चन्द्रमाया विक, राजेश सुनुवार, नन्दलाल विक र तीनपाटन गाउँपालिकाका गणेश घिसिङ छन्।

चाकलसहित गम्भीर अवस्थामा रहेको थापाको भनाइ छ। उनीहरूलाई थप उपचारका लागि काभ्रे धुलिखेल र काठमाडौंतर्फ पठाइएको छ।

- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजन गाउँलेले लेखेका छन् ।