2026-10-26 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोमल ओलीलाई अमेरिकामा जन्मेका बालबालिकले गरे भब्य स्वागत

विजय थापा | अमेरिकाको भ्रमणमा रहेकी लोकप्रिय लोक गायिका तथा माथिल्लो सदन राष्ट्रसभा सदस्य सांसद कोमल ओलीले अमेरिकामा जन्मेका बालबालिकलाई आफ्नो बाल गीत सुनाउने अवसर पाएकी छिन् । 

उनले आफैले गाएको बाल गीत हेर सबैले ,कि सुन सबैले ,हेर सबैले ,कि सुन सबैले,म त सानी छु नानी छु नाच्छु पुतली,म त गाउँछु पुतली,म त नाच्छु पुतली म त गाउँछु पुतली …’ गाएकी थिइन् ।

अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल स्थित स्थापित नेपाली पाठशाला सेन्टरभिलले ओलीलाई निमन्त्रणा गरि अमेरिका जन्मेका दोश्रो पुस्ताले भब्य स्वागत गरेको छ । 

नेपाली पाठशाला अफ भर्जिनिया का संचालक बिनाखड़का लामा ,पाठशालाका प्रधानाचार्य बिष्णु खरेल ,संचालक चन्द्र लामा लगायत अभिभावकहरुको निम्तो स्वीकार गरि प्रसिद्ध लोकगायिका कोमल ओली उक्त पाठशालामा आई अमेरिकामा जन्मेका विद्यार्थीसंग भेटघाट तथा कुराकानी गरेकी छिन । 

ओलीले दुर्गा मन्त्र या देवी सर्वभूतेषु शक्ति-रूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै ..नमोनम भन्दै  म यस्तो ठाउमा आएर उभिएको छु ,जहाँ मातृभूमि, आफ्नो संस्कृतिलाई पूजा गरिन्छ । यो बिद्याको मन्दिरलाई नमन गर्छु भनिन । ओलीले मुटु भरि नेपाल ए मष्तिस्क भरि आफ्नो धर्म र संस्कार लिएर आउनु भएका सबैलाई नमन गर्छु भनिन । 

उनले नेपालको शिक्षा पद्धतीको कुरा चर्चा गर्दै गृहकार्य नगरे बिद्यालय जान बिद्यार्थी नमान्ने कुराको चर्चा गरिन । नेपालमा धेरै किताव बोक्नु पर्छ भन्दै यहाँ पनि तपाईहरुले निकै किताव बोक्नु पर्छ हो भनि प्रश्न राख्दा हो भनि एकै स्वरमा भनेका थिए । 

वास्तवमा शनिबार मात्र नेपाली भाषा पढ्न लेख्न र अरु अतिरिक्त क्रियाकलाप गराउने मात्र हुनाले पुस्तक अत्यधिक कम बोक्नु पर्ने हुन्छ । ओलीले हो भनि प्रश्न राख्दा हो मा हो मात्र मिलाएका थिए । 

पाठशालाका प्रधानाचार्य बिष्णु खरेलले अतिथिहरुलाई स्वागत गर्दै नेपालको पाठ्यक्रम अनुसार अध्यापन गराउने बताएका थिए । उक्त बिद्यालयमा करिव १ सय ५० बिधार्थीहरु हाल रहेका छन् भने ओलीलाई स्वागत गर्न आएका दोश्रो पुस्ताका बिधार्थिले राष्ट्रिय गान सुनाएका थिए ।

ओलीले साना बालबालिकालाई केही जिज्ञाशा राख्दै पछि ठुलो भए पछि नेपाल फर्कनु पर्छ ल भनि प्रश्न राख्दा सबैले एकै स्वरमा हुन्छ भनेका थिए । बालबालिकालाई माया गर्दै आफ्ना बुवा हजुर आमालाई के भन्ने र कसरी ढोग गर्ने बालबालिकालाई सिकाएकी थिइन् । 

अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्की(विद्या वारिधि )ले नेपाली भाषा पढ्न र लेख्न सिक्नु भएकोमा बिद्यार्थीहरुलाई सबैलाई धन्यवाद दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने