२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठ अभावमा गोरखा दरबार पुनःनिर्माण रोकियो

२२ फाल्गुन २०७५, बुधबार ०५:३२

फागुन २२, गोरखा (रासस) | भूकम्पले क्षति पुर्याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण फेरि रोकिएको छ । काठको अभाव देखाउँदै ठेकेदार कम्पनीले गएको १५ दिनदेखि दरबारको पुनःनिर्माणको काम रोकेको हो । “गएको १०/१२ दिनदेखि कोही पनि यहाँ फर्केर आएका छैनन्, गोरखकाली मन्दिरका पुरोहित शारदाप्रसाद भट्टराईले भन्नुभयो, “काठ नभएकाले काम रोकिएको भन्ने सुनेका छौं ।” 

अहिले दरबारको जग निर्माणको काम सकिएकाले इलम ढुङ्गामा थाम राख्न तयारी गरेको भए पनि काठ अभाव भएपछि निर्माणकार्य अवरुद्ध भएको हो । थामका लागि साइजअनुसारको काठ नपाएपछि काम रोकिएको गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले जानकारी दिनुभयो । 

पुनःनिर्माणका लागि सम्झौता भएको १५ महीना बितिसक्दा पनि दरबारको जग निर्माणबाहेकको काम अघि बढ्न छैन । पटकपटक काम स्थगित हुँदा तोकिएको समयमा निर्माण सम्पन्न गर्न समस्या हुने देखिएको निमित्त प्रमुख कट्टेलको भनाइ छ । राष्ट्रिय पुरातत्व विभागले विसं २०७४ कात्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसँग गोरखा दरबार पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरी पुस महीनादेखि काम अघि बढाएको थियो । 

पुनःनिर्माणको काम शुरु भएदेखि अहिलेसम्म धेरै पटक निर्माणकार्य रोकिएको उहाँले बताउनुभयो । कहिले कामदारको अभाव त कहिले सामान ढुवानीको समस्यालगायतका कारण देखाउँदै काम रोकिने गरेको छ, कट्टेलले भन्नुभयो, “अहिले फेरि काठ अभाव भयो भनेर काम रोकिएको छ । तत्कालका लागि दरबार पुनःनिर्माण क्रममा अहिले छ÷चार साइजको काठ आवश्यक परेको भन्ने ठेकेदारको भनाइ छ । 

थाम राख्नका लागि मात्र कम्तीमा १०० क्युफिट काठ आवश्यकता पर्ने उहाँले बताउनुभयो । गएको एक हप्ता अगाडि नै एक÷दुई दिनभित्रमा आउँछ भन्ने जानकारी पाएको भए पनि अहिलेसम्म काठ नआएको निमित्त प्रमुख कट्टेलको भनाइ छ । 

भनेका बेलामा काठ पाउन गाह्रो हुँदोरहेछ, निमित्त प्रमुख कट्टेलले भन्नुभयो, “ठेकेदारले टिम्बर कर्पोरेशनलाई आग्रह गरेको भए पनि समयमा उपलब्ध हुनसकेको छैन ।” उहाँले दरबार पुनःनिर्माणका लागि काठ अभाव भएपछि डिभिजन वन कार्यालय गोरखालाई समेत सहयोगका लागि आग्रह गरेको बताउनुभयो । 

पुरातत्व विभागले विसं २०७६ पुसभित्र दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी सिवाको जेभी कन्सट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । तत्कालीन राजा राम शाहको पालामा विसं १६६६ ताका बनेको अनुमान गरिएको गोरखा दरबार करीब रु चार करोड ३७ लाख लागतमा पुनःनिमार्ण शुरु गरिएको हो । 

नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पु¥याउनुभएका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपूर्ण ऐतिहासिकस्थल मानिन्छ । गोरखा सदरमुकामभन्दा माथि पहाडको टुप्पोमा रहेको यस दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ भने गोरखकाली मन्दिरको मुनितिर गुफामा गोरखनाथको मन्दिरसमेत रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य