2026-09-08 06:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूकेमा बाँसुरी बाँधकहरुको दोस्रो भेला सम्पन्न

सुरेन्द्र इङ्नाम | चैत ४, यूके | गत १७ तारीख २०१९ को दिन एम्पायर हल, अल्डरसटमा “बाँसुरी समुह यूके”ले दोस्रो भेला सम्पन्न गर्यो ।

बेलायतमा यस समुहको स्थापना सन २०१७ तिर फेसबुक मार्फत खड्क क्षेत्रीले सुरु गरेका हुन । यूकेमा रहेर पनि नेपाली लोक बाँदनलाई जगेर्ना गर्नु तथा सम्बर्धन गदै जानु उक्त ग्रुपको मुख्य उदेस्य रहेका हो । त्यसै अनुरुप सदस्यहरु बड्दै गए सँगै बेलायतमा हुने  कार्यक्रमहरुमा निमन्त्रणा आउन थाले पछि कार्य समिती खडा गरेर साङ्गठनिक रुपले अघि बड्न सजिलो हुने भएकोले आजको मिती देखि कार्य समितीको चयन गरिएको छ । 

उक्त “बाँसुरी समुह यूके” ले गत वर्ष “बासुरी चौतारी बेलायत” को नामले पहिलो भेला सन २०१८ मा गरेको थियो, जुन क्लोज ग्रुप भएको हुनाले यस वर्षबाट ओपन फेसबूक पेज जस्लाई “बाँसुरी समुह यूके”नाम राखेर आजकै मिती बाट सञ्चालनमा ल्याएको छ । 

बिगत वर्ष जस्तै यस वर्ष पनि बाँसुरीमा डिप्लोमा गरेका, सास्त्रिय सङ्गीत सिकेका साथै बाँसुरीमा एक दसक खोज अनुसन्धान गर्नु भएका दिपक चाम्लिङ्ले केहि ज्ञानहरु समुहलाई बाँडेका थिए त्यस पश्चात उन्ले केहि मिठा बाँसुरीका धुनहरु पनि सुनाएका थिए ।

कार्यक्रमको अन्त्य पछि भेटघाट रेष्टुरामा गएर रात्रीभोज साथै राती ९बजे सम्म बाँसुरी बजाएर रमाईलो पनि गरे साथै त्यहा उपस्थित सबैलाई भरपुर मनोरञ्जन पनि दिलाए ।

“बाँसुरी समुह यूके”को नयाँ कार्य समिती यस प्रकार रहेको छः

अध्यक्षः खड्क क्षेत्री

सचिवः सेमन्त राई

कोषाध्यक्षः लोक थापा

ब्यावस्थापनः कुल थापा

पि आर तथा मेडियाः सुरेन्द्र इङ्नाम

सल्लाहकारः दिपक चाम्लिङ् “प्रतिसुच्चा”

सदस्यहरुः 

बिस पुन

भरत राई

कमल थापा

मेघ गुरुङ्ग

भुपाल गुरुङ्ग

पदम गुरुङ्ग

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग