एनआरएनए स्कटल्याण्डको “हिल वाक” भब्य रुपमा सम्पन्न

साझासवाल
2 Min Read

चैत ११, स्कटल्याण्ड । एनआरएनए  स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको  प्रख्यात डुमएट हिल, स्टरलिङमा  आइतबार आयोजना गरेको  हिल वाक इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ । करिब सय जना भन्दा बढी सहभागिता रहेको एनआरएनए  स्कटल्याण्डको  नौलो तरिकाको हिल वाक इभेन्टले एनआरएनए प्रति सचेतना जगाएको एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताउनु भयो ।

"एनआरएनए  स्कटल्याण्डको यो पहिलो पब्लिक कार्यक्रमले सहभागीहरु माझ एनआरएनए प्रति सकरात्मक भावना जगाएको र यसले एनआरएनएको सदस्यता बिस्तार र संगठन  बिस्तारमा सहयोग पुगेको छ" अध्यक्ष   कार्कीले बताउनु भयो । हिल वाक इभेन्टबाट सहायता कोषको लागि सहयोग संकलन भएको र सहयोग संकलन क्रम जारी नै रहेको अध्यक्ष कार्कीले बताउनु भयो । उक्त कोषबाट  संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने छ ।

उक्त हिल वाक शुरु हुनु भन्दा पहिले  एनआरएनए स्कटल्याण्डका सचिब कृष्ण दाहालले हिल वाकको बिबरण, स्वास्थ्य, सुरक्षाबारे  जानकारी दिनु भएको थियो । डुमएट हिलमा पाँच माइलको हिडाईको लागि करिब दुई घण्टा लागेको थियो । एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपाने सहित उक्त कार्यकममा स्कटल्याण्डको बिभिन्न स्थानहरु एडिनब्रा, ग्लासगो, एबर्डिन, फलक्रिक, फाइफ, पर्थ, डनफर्मलिन र स्टरलिङबाट सहभागिता रहेको कार्यक्रम संयोजक राम बगालेले बताउनुभयो ।

हिल वाक इभेन्टमा भिजिट नेपाल २०२० को प्रचार समेत गरिएको छ । उक्त इभेन्टमा अध्यक्ष कार्कीले प्रयोजन गर्नु भएको भिजिट नेपाल २०२० को प्रचार सामग्री कार स्टिकर वितरण गरिएको थियो । एनआरएनए स्कटल्याण्डका अध्यक्ष कार्कीले स्कटल्याण्डका प्रत्येक एनआरएनएले आफ्ना साथीलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरे नेपालको पर्यटन ब्यबसायमा सहयोग पुग्ने बताउनु भयो । एनआरएनए स्कटल्याण्डले भिजिट नेपाल २०२० को प्रचार को लागि नेपाली दुतावास र पर्यटन बोर्डसंग समन्वय गरिरहेको कार्कीले बताउनु भयो ।

Share This Article
Leave a Comment

Leave a Reply