2026-09-08 07:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपाली मूलका तेक्वान्दो खेलाडीहरुलाई २० वटा पदक

विजय थापा | चैत १८, डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टन शहरमा गत मार्च ३० तारिखका दिन सम्पन्न वार्षिक राष्ट्रिय तेक्वान्दो खुला प्रतियोगितामा नेपाली मूलका खेलाडीहरूलाई ६ वटा स्वर्ण पदक ,७ वटा कास्य तथा ७ वटा रजत पदक सहित कूल २० वटा पदक प्राप्त भएको छ । उक्त प्रतियोगतामा एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमी का बिदेशी खेलाडीहरु सहितले ४८ वटा पदक प्राप्त गर्न सफल भएका छन् ।

प्रतियोगितामा बाल्टिमोरस्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीलाई महिला कालो फित्ताधारी समूहमा ग्रान्ड च्याम्पियन(सर्बोकृष्ट)बिजेता पदक सहित मोडल एकडेमी अफ च्याम्पियन ट्रफी द्वारा सम्मान गरिएको छ ।

प्रतियोगितामा बाल्टिमोरस्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीको तर्फबाट नेपाली मूलका तथा बिदेशी खेलाडीहरु गरि जम्मा २५ जनाले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा स्पारिङ्ग तथा पुम्सेमा नेपाली मूलका १० जना खेलाडीले प्रतिस्प्रद्धामा भाग लिएका थिए ।

यसै गरि पेनसेल्भेनिया स्थित नेपाली द्वारा संचालित हिमालय ते क्वान्दो टोलि टिम बिजेता (टिम च्याम्पियन ) बनेको छ । उक्त प्रतियोगतामा अमेरिकाका विभिन्न राज्यहरुबाट आएका करिव ५ सय खेलाडीहरुको सहभागिता रहेको थियो भने अभिभावक तथा दर्शक गरि करिव २ हजार जनाको उपस्थिति रहेको थियो ।

मास्टर एच के लि एकडेमी अफ तेक्वान्दोले आयोजना गरेको प्रतियोगिता अमेरिकाको पूर्वी क्षेत्रमा हुने प्रतियोगितामा सबैभन्दा ठूलो प्रतिस्प्रद्धाको रुपमा चिनिन्छ । उक्त कार्यक्रममा औपचारिक कार्यक्रममा हर्नडन नगर परिषदका परिषद सदस्य प्रदिप ढकालले पनि मन्तब्य राखेका थिए ।

तेक्वान्दो २०१९ बार्षिक नेसनल क्यापिटोल ओपन प्रतियोगितामा नेपालबाट आएकी तेक्वान्दो खेलाडी ज्ञानी चुनाराले दुई स्वर्ण पदक जितेकी छिन् । यसै गरि नेपाली मूलका खेलाडीहरुमा कृशा कार्कीले स्पारिंग (भिडन्त) तथा पुम्सेमा गरि दुई स्वर्ण पदक प्राप्त गरेकी छिन् ।

उक्त प्रतियोगितामा एलेन शाही स्पारिंगमा प्रथम पुम्सेमा तेश्रो ;रुपेश श्रेष्ठ स्पारिंगमा प्रथम ,पुम्सेमा तेश्रो ;रोशन भण्डारी स्पारिंगमा द्वितीय र पुम्सेमा तृतीय ;रीतिका ढकाल स्पारिंगमा द्वितिय ,सुप्रिम शाह स्परिंगमा दोश्रो तथा पुम्सेमा तृतीय रोबिन उप्रेती स्पारिंगमा दोश्रो र पुम्सेमा तेश्रो तथा क्याटरिना आचार्य स्पारिंगमा द्वितीय तथा पुम्सेमा तृतीय भएका छन् ।

उक्त एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीका प्रशिक्षकहरुमा कल्पना कार्की ,निरु कायस्त र टोलि प्रमुखमा कुमार कार्की रहेका थिए ।

उक्त प्रतियोगितामा नेपाली मूलका निर्णायक तथा रेफरी( खेल पन्च) हरुमा क्रमस मास्टर एच के लि एकडेमी का मुख्य प्रशिक्षक मास्टर कृष्ण बलाल,एवरेस्ट वर्ल्ड क्लास ते क्वान्दो बाल्टिमोरका संस्थापक द्वय मास्टर कुमार कार्की तथा मास्टर कल्पना कार्की ,मास्टर दिनेश श्रेष्ठ,मास्टर राम चन्द्र केसी ,मास्टर कृष्ण मुरारी,मास्टर पूर्ण आचार्य,मास्टर ज्ञानी चुनारा,मास्टर यान कुमारी चौलागाई,प्रशिक्षक टिका ढुंगाना,प्रशिक्षक प्रकाश ढुंगाना ,प्रशिक्षक नकुल शर्मा,प्रशिक्षक डेक दर्जी तथा प्रशिक्षक भिम गुरुङ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग