2026-10-26 02:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपाली मूलका तेक्वान्दो खेलाडीहरुलाई २० वटा पदक

विजय थापा | चैत १८, डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टन शहरमा गत मार्च ३० तारिखका दिन सम्पन्न वार्षिक राष्ट्रिय तेक्वान्दो खुला प्रतियोगितामा नेपाली मूलका खेलाडीहरूलाई ६ वटा स्वर्ण पदक ,७ वटा कास्य तथा ७ वटा रजत पदक सहित कूल २० वटा पदक प्राप्त भएको छ । उक्त प्रतियोगतामा एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमी का बिदेशी खेलाडीहरु सहितले ४८ वटा पदक प्राप्त गर्न सफल भएका छन् ।

प्रतियोगितामा बाल्टिमोरस्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीलाई महिला कालो फित्ताधारी समूहमा ग्रान्ड च्याम्पियन(सर्बोकृष्ट)बिजेता पदक सहित मोडल एकडेमी अफ च्याम्पियन ट्रफी द्वारा सम्मान गरिएको छ ।

प्रतियोगितामा बाल्टिमोरस्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीको तर्फबाट नेपाली मूलका तथा बिदेशी खेलाडीहरु गरि जम्मा २५ जनाले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा स्पारिङ्ग तथा पुम्सेमा नेपाली मूलका १० जना खेलाडीले प्रतिस्प्रद्धामा भाग लिएका थिए ।

यसै गरि पेनसेल्भेनिया स्थित नेपाली द्वारा संचालित हिमालय ते क्वान्दो टोलि टिम बिजेता (टिम च्याम्पियन ) बनेको छ । उक्त प्रतियोगतामा अमेरिकाका विभिन्न राज्यहरुबाट आएका करिव ५ सय खेलाडीहरुको सहभागिता रहेको थियो भने अभिभावक तथा दर्शक गरि करिव २ हजार जनाको उपस्थिति रहेको थियो ।

मास्टर एच के लि एकडेमी अफ तेक्वान्दोले आयोजना गरेको प्रतियोगिता अमेरिकाको पूर्वी क्षेत्रमा हुने प्रतियोगितामा सबैभन्दा ठूलो प्रतिस्प्रद्धाको रुपमा चिनिन्छ । उक्त कार्यक्रममा औपचारिक कार्यक्रममा हर्नडन नगर परिषदका परिषद सदस्य प्रदिप ढकालले पनि मन्तब्य राखेका थिए ।

तेक्वान्दो २०१९ बार्षिक नेसनल क्यापिटोल ओपन प्रतियोगितामा नेपालबाट आएकी तेक्वान्दो खेलाडी ज्ञानी चुनाराले दुई स्वर्ण पदक जितेकी छिन् । यसै गरि नेपाली मूलका खेलाडीहरुमा कृशा कार्कीले स्पारिंग (भिडन्त) तथा पुम्सेमा गरि दुई स्वर्ण पदक प्राप्त गरेकी छिन् ।

उक्त प्रतियोगितामा एलेन शाही स्पारिंगमा प्रथम पुम्सेमा तेश्रो ;रुपेश श्रेष्ठ स्पारिंगमा प्रथम ,पुम्सेमा तेश्रो ;रोशन भण्डारी स्पारिंगमा द्वितीय र पुम्सेमा तृतीय ;रीतिका ढकाल स्पारिंगमा द्वितिय ,सुप्रिम शाह स्परिंगमा दोश्रो तथा पुम्सेमा तृतीय रोबिन उप्रेती स्पारिंगमा दोश्रो र पुम्सेमा तेश्रो तथा क्याटरिना आचार्य स्पारिंगमा द्वितीय तथा पुम्सेमा तृतीय भएका छन् ।

उक्त एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीका प्रशिक्षकहरुमा कल्पना कार्की ,निरु कायस्त र टोलि प्रमुखमा कुमार कार्की रहेका थिए ।

उक्त प्रतियोगितामा नेपाली मूलका निर्णायक तथा रेफरी( खेल पन्च) हरुमा क्रमस मास्टर एच के लि एकडेमी का मुख्य प्रशिक्षक मास्टर कृष्ण बलाल,एवरेस्ट वर्ल्ड क्लास ते क्वान्दो बाल्टिमोरका संस्थापक द्वय मास्टर कुमार कार्की तथा मास्टर कल्पना कार्की ,मास्टर दिनेश श्रेष्ठ,मास्टर राम चन्द्र केसी ,मास्टर कृष्ण मुरारी,मास्टर पूर्ण आचार्य,मास्टर ज्ञानी चुनारा,मास्टर यान कुमारी चौलागाई,प्रशिक्षक टिका ढुंगाना,प्रशिक्षक प्रकाश ढुंगाना ,प्रशिक्षक नकुल शर्मा,प्रशिक्षक डेक दर्जी तथा प्रशिक्षक भिम गुरुङ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने