2026-09-08 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्तुगलमा दुई नेपालीमाथि शक्ति प्रदर्शन गर्दा अपहरण अभियोगमा चार जीएनआर सैनिकहरू पक्राउ

गणेश पाण्डेय | वैशाख २५, पोर्तुगल | विलि नोआ डे मिलफन्टेसमा खेतीमा काम गर्ने दुई नेपाली आप्रवासीहरूलाई अपहरण र आक्रमण गरेको अभियोगमा चार जीएनआर सैनिकहरूलाई पोर्तुगल सरकारको न्यायिक प्रहरीले पक्राउ गरेको छ।

घटना सन् २०१८ अक्टोबरको हो। एन्टिन्जो, ओदिमेरा र विला नोवा डे मिलफन्टेसमा त्यतिबेला सुरक्षामा खटिएका चार जीएनआर सैनिकहरूलाई अपहरण र आक्रमण तथा दुर्व्यवहारको अभियोगमा पोर्तुगलको न्यायिक प्रहरीले आज बिहान पक्राउ गरेको हो।

कृषिमा काम गरिरहेका दुई नेपाली आप्रवासी र कृषि मालिकको बिचमा भएको बिबादमा जिएनआर प्रहरीले बिना कसुर शक्ति प्रदर्शन गरेको आरोप छ। नेपाली कामदार र कृषि माकिकको बिचमा बिबाद हुदा चिनजानको आधारमा कृषि मालिकको पक्षमा वकालत गर्दै नेपाली कामदारमाथि दुर्व्यवहार र शक्ति प्रदर्शन गरेकोले कारवाहीको लागि जिएनआर सैनिकहरुलाई पक्राउ गरेको पोर्तुगलको न्यायिक प्रहरीले जनाएको छ।

आप्रवासी नेपालीहरुको वासस्थान पत्ता लगाएर रातिको समयमा नेपाली कामदारको घरमै गएर अपहरण शैलीमा जिएनआर सैनिकहरुले दुव्यवहार गरेको र भौतिक आक्रमण गरेको आरोप लागेको छ। शुरुमा एक जना सैनिक मात्रै नेपाली कामदारको वासस्थानमा गएतापनि पछि उनले फोन गरेर अन्य ३ सैनिकहरुलाई बोलाएर नेपालीमाथि दुर्व्यवहार गरेका थिए। नेपाली कामदारको बचाउमा आएका अर्का नेपालीलाई समेत अपहरण र दुर्व्यवहार गरेको आरोप चारै सैनिकहरुलाई लागेको छ।

न्यायिक प्रहरीले पिडित नेपालीहरुको को-को थिए र खेती कम्पनीका मालिक को हुन् भन्ने बारेमा केही उल्लेख गरेकोछैन । नेपाली खेती कम्पनीका मालिकहरुले आफ्नो भनसुन र व्यक्तिगत सम्बन्धका आधारमा जीएनआर सैनिकलाई प्रयोग गरी नेपाली कृषी कामदारमाथि दुर्व्यवहार र शक्ति प्रदर्शन गर्न लगाएको बिशेष श्रोतबाट जानकारी प्राप्त भएको छ।

जीएनआरको यो ज्यादतीको बारेमा पिडितहरुले पोर्तुगलको न्यायिक प्रहरीलाई उजुरी गरेपछि लामो समयको अनुसन्धान र प्रमाणको आधारमा आज बिहानै ४ जना जिएनआर सैनिकहरुलाई पक्राउ गरिएको हो।

पक्राउ गरिएका चारै जना जीएनआर सैनिकहरुलाई कारवाहीका लागि भोली ओदिमेरा अदालतमा उपस्थित गराईदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग