2026-09-08 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओली हा लोङ खाडी भ्रमणमा

वैशाख २७, भियतनाम ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँको हा लोङ खाडी भ्रमण गर्नुभएको छ ।  प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो । 

एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो खाडी एक हजार छ सय सानाठूला चूनढुङ्गाका द्वीपमा छरिएको छ ।  सन् १९९४ मा युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत यो खाडीमा विविध जैविकता रहेको छ ।  खाडीका कुवा, भान, बा हाङ, कोङ ताउ र भोङ भिएङ गाउँमा एक हजार छ सय जनसङ्ख्या छ जो माछा र सामुद्रिक जीवहरुमा निर्भर छन् ।  

प्रधानमन्त्री ओली भियतनामका प्रधानमन्त्री न्युग्यन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी हाल भियतनाम भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी, स्थानीय तहका निर्वाचित प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मी हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग