२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्चुगलको लिस्बन शहर बुद्धमय बन्यो

२०७६, ५ जेष्ठ आईतवार ०३:३६

जेठ ५, पोर्चुगल | युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बन शनिबार बुद्धमय बन्यो । विश्व शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको २५६३औँ जन्मजयन्तीको अवसर पारेर नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालय र नेपाली सङ्घसंस्थाको सक्रियतामा यहाँ आयोजित वृहत् शोभायात्राले लिस्बन शहर बुद्धमय बनेको हो । 

बुद्धको मूर्ति, बुद्ध अङ्कित तस्वीर, बुद्धवाणी र दिव्य उपदेश लिखित प्लेकार्ड, ब्यानर र नेपालको राष्ट्रिय झण्डासहित तामझामका साथ नेपाली वेशभूषामा सजिएका नेपाली समुदायले यहाँको मुख्य पर्यटकीय शहरलाई बुद्धमय बनाएका हुन् । रोसियोस्थित समुद्र किनारबाट शुरु भएको शोभायात्रा मुख्य पर्यटकीय क्षेत्रको परिक्रमापश्चात मार्तिम मोनिज पार्कमा आएर समापन भएको थियो । 

शोभायात्रामा बुद्ध वचनका साथै बुद्धम् शरणम् गच्छामी, धम्मं शरणम् गच्छामी, संघम् शरणम् गच्छामीलगायत बुद्धका शान्ति सन्देश प्रवाहित गरिएको थियो ।

यस्तै बुद्ध नेपालमा जन्मेका हुन्, बुद्ध शान्तिका प्रतीक हुन्, नेपाल भ्रमण गरौँजस्ता बुद्धभूमि नेपालको प्रचारमूलक सन्देश प्रवाह गरिएको थियो । शोभायात्रामा बौद्ध अनुयायीलगायत पोर्चुगलमा रहेका नेपालीको उल्लेख्य सहभागिता रहेको थियो ।  

शोभा यात्रापछि मार्तिम मुनिज पार्कमा आयोजित कार्यक्रममा बोल्दै बुद्धजयन्ती मूल समारोह समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकरबहादुर हमालले बुद्धका ज्ञान, दर्शन र उपदेश विश्वसामु पुर्‍याउनु सबै नेपालीको दायित्व रहेको बताउनुभयो । शोभायात्रामार्फत विदेशीलाई बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिइएको र बुद्धभूमि नेपालको प्रचारप्रसार गरिएको वाणिज्यदूत हमालको भनाइ थियो । 

पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेशकुमार गुरुङले बुद्धभूमि नेपालको पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष कुवेर कार्की, नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पाले बुद्धको सन्देशमाथि प्रकाश पार्नुभएको  थियो । यसअघि रोसियोस्थित काजा दि लाफोइसको हलमा धर्मगुरुद्वारा बुद्धको पूजाआराधना गरिएको थियो । (तस्वीर उपलब्ध छ)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा