२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँचथरमा ९ जनाको हत्याराले गरे आत्महत्या, बाच्न सफल बालिकाले दिएको हुलियाबाट पहिचान

२०७६, ७ जेष्ठ मंगलवार ०८:२०

जेठ ७, काठमाडौँ | पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा गएराति दुई परिवारको ९ जनाको हत्या गरेर हत्याराले आत्महत्या गरेको खुलेको छ । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले साझा सबाललाई दिएको जानकारी अनुसार संदिघ्द व्यक्ति मिक्लाजुङ–८, लुमाङ्दिनमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । 

अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । अधिकृतहरुका अनुसार मोखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । ‘श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन् ।' घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया मोखिमकै थियो । 

अध्यक्ष माखिमका अनुसार ति झुन्डिएर आत्महत्या गर्ने व्यक्तिको कपडामा रगतका टाटाको साथै खुकुरी समेत फेला पारिएको छ  । यस बिषयमा प्रहरीले थप अनुसन्धान गरेपछी मात्र थप जानकारी दिन सकिने उनले बताएका छन् । उनले ९ जनाको हत्या गरेर आफै आत्महत्या गरेको आशंका लागेको बताएका छन्  । झुन्डिएर आत्महत्या गर्ने व्यक्ति मान बहादुर माखिम रहेको उनले बताए । 

गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा दुई परिवारको ९ जनाको हत्या भएको थियो । उक्त घटनामा ७४ वर्षका बमबहादुर फियाक र ४१ वर्षका धनबहादुर शेर्माको परिवारका ९ जनाको हत्या भएको थियो  । एक बालिका भने भाग्न सफल भएकी थिइन् ।

गाउँपालिका अध्यक्षका अनुसार सोमबार राति घटना भए पनि प्रहरी विहानमात्र घटनास्थल पुगेको थियो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले भने 'मलाई पनि आज बिहान मात्र थाहा भएको हो । हामीले अहिले एक जना व्यक्तिले झुन्डिएर आत्महत्या गरेको देखेका छौं । यिनैले हत्या गरेर यहाँ आई आत्महत्या गरेको हुन सक्ने आशंका छ ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो