७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरुबोटे हत्याकाण्ड : सिसाकाण्ड ढाकछोप गर्दा नरसंहार

११ जेष्ठ २०७६, शनिबार ०२:१५

जेठ ११, काठमाडौँ | सिसाकाण्ड ढाकछोप गर्दा नरसंहार भएको स्थानीयको ठहर छ । प्रहरी प्रशासन र जनप्रतिनिधिले सिसाकाण्ड अनुसन्धानमा आलटाल गरेपछि मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति नौ जनाको बीभत्स हत्या भएको स्थानीयको भनाइ छ । 

वैशाख ३० गते जस्मिता फियाकको घरमा थुक्पा खाजा खाँदा आठ जना बिरामी परेका थिए। बिरामी परेपछि खोजी गर्दा नुनमा सिसाको टुक्रा मिसाएको पाइएको थियो । नुनमा सिसा मिसाउनेविरुद्ध प्रहरीमा जाहेरी दिए पनि प्रहरीले अनुसन्धानमा आलटाल गरेको स्थानीय सीता घिमिरेको भनाइ छ। ‘सिसा मिसाउनेविरुद्धको जाहेरीलाई प्रहरीले चासो दिएन’, घिमिरे भन्छिन्, ‘उक्त घटनालाई गम्भीर रूपमा नलिएकाले नौ जनाले ज्यान गुमाउनुपरेको हो ।’  

जस्मिता फियाकका श्रीमान् धनराज शेर्माले साढुभाइ मानबहादुर माखिमविरुद्ध प्रहरीमा उजुरी दिएको स्थानीयले जानकारी दिएका छन्। धनराजको सोमबार राति वंशनाश हुनेगरी हत्या भएको हो । उनका साढुभाइ माखिम झुन्डिएको अवस्थामा भेटिए । जाहेरी दिनेको परिवार सखाप हुनेगरी हत्या भएको र सिसाकाण्ड मच्चाउने भनिएका माखिम जीवित नभएपछि घटना झन् रहस्यमय बनेको छ । 

‘जाहेरी दिएपछि सम्बन्धित मान्छेलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपथ्र्यो’, आरुबोटे माविका शिक्षक गजेन्द्र रेग्मीले भने, ‘अनुसन्धान गर्नुको सट्टा ढाकछोप गर्न खोज्दा यति ठूलो घटना भएको हो ।’ सिसाकाण्ड ढाकछोप गर्न केही जनप्रतिनिधिसमेत लागेको उनको भनाइ छ। ‘परिवारभित्रको कुरा मुद्दा मामिलामा जानु हँुदैन भनेर जनप्रतिनिधि नै ढाकछोप गर्न लागेका थिए’, एक स्थानीयले भने । 

प्रहरीलाई दबाबमा पारेर सिसाकाण्ड अनुसन्धान रोकिएको स्थानीयको आरोप छ। ‘दर्दनाक घटनाले सारा मान्छेलाई रुवाएको छ’, स्थानीय गीता ढकालले प्रश्न गरिन्, ‘तर, यो क्षेत्रबाट चुनाव जितेर जाने कुनै सांसद र मन्त्री सान्त्वना दिनसम्म आएनन्। नेता घटनाको अवलोकन गर्न नआउनुको कारण के हो ? ’ 

- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा भीमकुमार बाँस्कोटाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?