२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए कतारद्वारा वृहत इफतार तथा इद मिलन कार्यक्रम सम्पन्न

१७ जेष्ठ २०७६, शुक्रबार ११:२०

जेठ १७, कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले एक कार्यक्रमका बीच ईदउल फित्रको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

बिहिबार कतारको एसियन टाउन बोईशाखी रेष्टुरेण्टमा ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादानको पावन अवसरमा बृहत ईफतार कार्यक्रम तथा ईद उल फित्रको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास कतारका कार्यवाहक राजदुत श्री लक्ष्मण खनालले ईद उल फितर जस्ता विशेष पर्वले स्वदेश तथा विदेशमा बस्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रबद्र्धन गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरे । 


राजदुत खनालले एनआरनले समय–समयमा गर्ने यस्ता कार्यक्रमले विदेशमा रहेरपनि नेपालीहरुबीच मित्रभाव उजागर गर्न सहयोग पुर्याएको बताए । कार्यक्रममा मुस्लिम धर्म गुरु मौलानाले इस्लाम धर्मको महत्व र पवित्र महिना रमदानमा बसिने रोझाको बैज्ञानिकताबारे धारणा राखेका थिए । 

अन्तर्राष्ट्रिय मुस्लिम समाज कतार, नेपाली मुस्लिम समाज कतार, नेपाल पत्रकार महासंघ कतार लगायत बिभिन्न जिल्लाका जनसम्पर्क समिति एवं बैचारिक संस्थाका प्रतिनिधिहरुले प्रवासमा हुने यस्ता कार्यक्रमले नेपालीहरुबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास ब्यक्त गरेका थिए ।


कार्यक्रममा एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक आर के शर्मा, एनआरएन आइसीसी मानार्थ परिषद्का सदस्यहरु टी.बी कार्की, नरेन्द्र भाट, कमलमणी गुरागाई, बिल बहादुर गुरुङ, महेन्द्र चम्लागाई, कुमार कार्की, बिनोद भट्टराई, एनआरएनए आईसीसी सदस्यहरु र एनसीसीका प्रमुख सल्लाहाकार विनेश कुमार तामाङ लगायत अन्य सल्लाहाकार सदस्यहरु सहितका महानुभावहरुको उपस्थिती रहेको थियो ।

एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष तेज कटवालले स्वागत मन्तब्य राखेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो