जेठ २०, गोरखा । पालुङटार नगरपालिकाले नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न हेलो मेयर सेवा शुरु गरेको छ । नगरपालिकाको समग्र विकासमा सम्पूर्ण नगरवासी तथा अन्य क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधँै नगर प्रमुखसँग राख्न सक्ने गरी आइतबारदेखि हेलो मेयर सेवा शुरु गरेको सूचना प्रविधि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २०, गोरखा । पालुङटार नगरपालिकाले नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न हेलो मेयर सेवा शुरु गरेको छ । नगरपालिकाको समग्र विकासमा सम्पूर्ण नगरवासी तथा अन्य क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधँै नगर प्रमुखसँग राख्न सक्ने गरी आइतबारदेखि हेलो मेयर सेवा शुरु गरेको सूचना प्रविधि"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पालुङटारमा हेलो मेयर

२० जेष्ठ २०७६, सोमबार ०८:३०

जेठ २०, गोरखा । पालुङटार नगरपालिकाले नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न हेलो मेयर सेवा शुरु गरेको छ । नगरपालिकाको समग्र विकासमा सम्पूर्ण नगरवासी तथा अन्य क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधँै नगर प्रमुखसँग राख्न सक्ने गरी आइतबारदेखि हेलो मेयर सेवा शुरु गरेको सूचना प्रविधि इञ्जिनीयर अशोकबाबु श्रेष्ठले जानकारी दिनुभयो । 

  उक्त सेवामार्फत नगरवासीले नगरपालिकाभित्रका विकासको कार्यक्रम, सार्वजनिक संस्था, विद्यालय, स्वास्थ्य संस्थालगायत सम्पूर्ण कार्यक्रम तथा योजनाका बारेमा अब नगरप्रमुखबाटै जानकारी लिनसक्नेछन् । त्यस्तै नगरपालिकासँग सम्बन्धित गुनासो र जिज्ञासा भएमा पनि कार्यक्रममार्फत नागरिकले जानकारी लिनसक्ने श्रेष्ठले बताउनुभयो । 

 “विकास निर्माणका सबै काममा नगरप्रमुखको ध्यान नपुग्न पनि सक्छ । नगरवासीको आवश्यकता के छ भन्ने कुराको जानकारी लिन नगरवासीले अब कार्यालय नै धाउनु पर्दैन”, नगरप्रमुख दीपकबाबु कँडेलले भन्नुभयो । नगरपालिकाका कमी कमजोरीबारेमा समेत अब चाहेमा सिधँै नगरप्रमुखलाई सोध्न वा खबरदारी गर्न पाइनेछ ।  

यो सेवामार्फत नगरपालिकाका लागि आवश्यक रचनात्मक सुझाव दिन सकिने व्यवस्था मिलाइएको नगरप्रमुख कँडेलको भनाइ थियो । गुनासो कर्ताले टोल फ्री नं १६६०६४४२००२ मार्फत गुनासो रेकर्ड गराउन सक्नेछन् । रेर्कड भएको गुनासो, सुझाव वा जिज्ञासाको नगरप्रमुखले बुझेर जानकारी गराउने व्यवस्था नगरपालिकाले गरेको छ । 

यसबाट नगरपालिकाभित्रका समस्या तत्कालै जानकारी लिन र दिनसक्ने तथा नागरिकले आफ्नो गुनासो, सुझाव र जानकारी सिधैँ नगरप्रमुखलाई नै गराउनसक्ने व्यवस्था भएको उहाँको भनाइ थियो । “नगरपालिकाभित्रका समस्यालाई तत्काल सम्बोधन गरी कार्यान्वयनमा जान यो सेवाले सहज हुने अपेक्षा गरेका छौ”, नगरप्रमुख कँडेलले भन्नुभयो । यसका लागि शुल्क तिर्नुपर्दैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य