२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको न्यूयोर्कमा ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’ हुँदै, यसरी भर्न सकिन्छ फर्म

२०७६, २३ असार सोमबार १६:१०

असार २३, काठमाडौं । अहिलेसम्मकै पहिलो पटक अमेरिकाको न्यूयोर्कमा आयोजना हुन लागेको म्युजीक भिडियोको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’को आवेदन दर्ता फर्म खुल्ला गरिएको छ ।

वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा हुन गईरहेको यस अवार्डमा सहभागीता जनाउन चाहाने कलाकारहरुले यहि जुन २१ गतेदेखि अगष्ट ३० सम्म संसार भरीबाट दर्ता गराउन सक्नेछन् । अवार्डको लागि एउटा गीतको प्रतिष्पर्धाको लागि २ हजार नेपाली रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ ।


फर्म कहाँ पाइन्छ र कसरी भर्ने ? 

यस ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’मा जम्मा १३ बिधा छुट्टाइएको छ । यहि कुनैपनि कलाकारले उक्त बिधामा रहेर आफ्नो सिर्जनाबाट अवार्डको फर्म भर्न चाहानुहुन्छ भने यस अवार्डको अफिसियल वेवसाइट (https://wnmusicaward.com/#/ ) मा गएर सजिलै फर्न सक्नुहुनेछ । फर्म भरिसकेपछि नेपाल भित्रबाट ग्लोबल आईएमई र नेपाल बाहिरबाट टिडी बैंकमार्फत नेपाली दुई हजार रुपैंया डिपोजिट गर्नुपर्नेछ । यस्तै ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’को काठमाडौं चाबहिलस्थित प्रधान कार्यायलमार्फत पनि फर्म सजिलै पाउन सक्नुहुनेछ । 

सेप्टेम्बर १ गतेदेखि १५ गतेसम्म ५ जना राष्ट्रिय ख्याति प्राप्त कलाकारलाई निर्णायकको रुपमा छनौट गरिने वर्ल्ड कनेक्सन युएस इन्कका अध्यक्ष आङ गेलु शेर्पाले बताए । सेप्टेम्बर २९ गते बाट विश्वभर भोटिङ गरी उत्कृष्ट १० मा परेका प्रतिभाहरूलाई निर्णायकको तर्फबाट ४० प्रतिशत र प्रत्यक्ष भोटिङबाट ४० प्रतिशत र सोसियल मिडियाबाट २० प्रतिशत अंकसहित उत्कृष्ट तीन हरेक विधाबाट चुनिनेछन् । आउँदो २३ नोभेम्बरमा अर्वाडको फाइनल हुने अवार्ड संयोजक सुमन बुढा मगरले जानकारी दिए । 

बिधाहरु यसप्रकार रहेका छन्ः

१. उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिला

२. भाषा भाषी चलचित्रको गीतः पुरुष र महिला

३. आधुनिक गीतः पुरुष र महिला

४. लोक दोहोरी गीतः पुरुष र महिला

५. लोक गीतः पुरुष र महिला

६. गीतकार

७. संगीतकार

८. म्यूजीक भिडियो निर्देशन

९. संगीत संयोजन

१०. लोपन्मुख गीतः पुरुष र महिला

११. पप गीतः पुरुष र महिला

१२. लोक गीत लय संकलक

१३. म्युजीक भिडियो मोडलः पुरुष र महिला


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता