2026-09-08 12:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपुरकोटले ल्यायो २८ करोड ३३ लाख बराबरको बजेट

असार २९, सल्यान | भौतिक पूर्वाधार र सामाजिक विकासलाइ प्राथमिकतामा राखेर सल्यानको कपुरकोट गाउँपालिकाले बजेट ल्याएको छ । आर्थिक वर्ष २०७६।०७७ को लागी कपुरकोटले २८ करोड ३३ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको हो । गाउँपालिकाका उपाध्यक्ष एवम् कार्यक्रम तथा बजेट तर्जुमा समितिका संयोजक तिला बुढामगरले आइतबार प्रस्तुत गरेको बजेटमा भौतीक पूर्वाधार तर्फ ६ करोड १३ लाख ५० हजार विनियोजन गरिएको छ । जुन जम्मा पूँजीगत बजेटको ४६.२६ प्रतिशत रहेको बुढा मगरले उल्लेख गरिन् ।

जसमा सडक, यातायात तथा संचार तर्फ १ करोड ६७ लाख, गाउँपालिका भवन निर्माण क्रमागत शिर्षकमा २ करोड, संघ तथा प्रदेश संगको साझेदारीमा वडा कार्यालयको भवन निर्माण गर्न ४० लाख रुपैयाँ विनियोजन भएको छ । ग्रामिण विद्युतीकरण क्रमागत कार्यक्रमका लागि  १ करोड ५० लाख रुपैयाँ कपुरकोट गाउँपालिकाले विनियोजन गरेको छ भने थोरै घर धुरी भएका र विद्युतको लाइन पुर्यायाउन नसकिने ठाउँहरुमा वैकल्पिक उर्जा जडान गर्नको लागि  १० लाख विनियोजन गरेको छ । यस्तै कालिका मा.वि. पूर्वाधार निर्माणमा  २० लाख, जीवनज्योति मा.वि. पूर्वाधार व्यवस्थापनको लागि  ७ लाख तथा कपुरकोट बहुमुखी क्याम्पस पूर्वाधार निर्माणमा  १० लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले पूँजीगत बजेटको २६ प्रतिशत रकम सामाजिक विकासमा विनियोजन गरेको छ । जुन रकम ३ करोड ४३ लाख २५ हजार रहेको छ । यसमा शिक्षा, युवा तथा खेलकुदका लागी १ करोड, स्वास्थ्य तथा पोषणमा ४५ लाख, पूर्ण सरसफाईयुक्त गाउँपालिका निर्माणको लागि १० लाख, खानेपानी तर्फ ७३ लाख र वालवालिका तथा जेष्ठ नागरिक तर्फ २० लाख तथा ‘दिदीवहिनीसंग उपाध्यक्ष’ कार्यक्रमका लागी २० लाख रुपैयाँ विनियोजन गरिएको छ । ‘संस्कृतीको संरक्षण, हाम्रो पहिचान’ कार्यक्रमको लागि ५ लाख रुपैया विनियोजन भएको छ ।

आर्थिक विकास अन्तर्गत कृषि क्षेत्रको विकासको लागी ४५ लाख, पशु विकास कार्यक्रमका लागी ३० लाख र उद्योग, वाणिज्य तथा पर्यटन विकास तर्फ २० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै वन, वातावरण, भूसंरक्षण तथा विपद व्यवस्थापन क्षेत्रगत योजना कार्यक्रममा जम्मा रु ४४ लाख २५ हजार विनियोजन गरिएको छ भने सार्वजनिक सेवा, संस्थागत क्षमता विकास, सुशासन र सुदृढिकरण क्षेत्रगत योजना कार्यक्रममा ८४ लाख रुपैयाँ कपुरकोटले विनियोजन गरेको छ ।

गत असार १० गते गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाइ बजेटले सम्बोधन गर्ने प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जानकारि दिए ।

कपुरकोट गाउँपालिकाले संघिय सरकार वित्तिय समानिकरण अनुदान शिर्षकबाट ८ करोड ४ लाख, कर्णाली प्रदेश सरकार वित्तिय समानिकरण अनुदान शिर्षकबाट १ करोड २९ हजार, संघिय सरकार राजश्व बाँडफाँड शिर्षकबाट रु ६ करोड ४३ लाख, कर्णाली प्रदेश सरकार राजश्व बाँडफाँड शिर्षकबाट रु ७ लाख ३ हजार, संघिय सरकार सशर्त अनुदान शिर्षकबाट रु ९ करोड ६३ लाख, आन्तरिक राजश्व बाट २५ लाख प्राप्त हुने र संचित कोषमा गत बर्षको मौज्दात २ करोड ९० लाख ६८ हजार रुपैयाँ रहने अनुमान गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल