2026-09-08 07:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतको लण्डन सहरमा नेपालको प्रचार गर्दै ६० बस

साउन २, काठमाडौं । ‘भ्रमण बर्ष २०२०’ को प्रचारको लागि बेलायतको लण्डन सहरमा गुड्ने ६० वटा बसको भित्तामा यतिबेला नेपाल देख्न सकिन्छ ।

नेपाल पर्यटन बोर्डले बेलायतस्थित नेपाली दूतावासको समन्वयमा बेलायतमा नेपाल ब्राण्डिङ अभियान शुरु गरेको हो । बोर्डका अनुसार लन्डनमा गुड्ने करिब ६० वटा रुटमास्टर बसमा नेपालको पोस्टर टाँसिएको छ ।

पोस्टर अंकित बसहरु बेलायतको पार्लामेण्ट स्क्वायर, वेस्टमिस्टर, ट्राफल्गर स्वायर, केन्सिन्ग्टन हाइ स्ट्रीट, अक्सफोर्ड स्ट्रीटलगायत विभिन्न १८ रुटमा गुड्ने गरेका छन् ।

करिब ३ सातासम्म यो अभियान जारी रहने बोर्डले जनाएको छ । यस अवधिमा करिब ४५ लाख विदेशीबीच नेपालको प्रचार हुने अपेक्षा बोर्डको छ ।

नेपाल भ्रमणमा आउने यूरोपेली पर्यटकमध्ये सबैभन्दा धेरै बेलायती छन् । सन् २०१९ को ६ महिना अवधिमा बेलायतबाट २८९५१ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ । 

यसअघि भ्रमण बर्ष २०११ मा पनि यसैगरि लन्डनमा बसहरुमा नेपाल झल्काउने स्टिकरहरु टासेर नेपालको प्रचार गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग