2026-09-08 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारका यूवा तथा सफल व्यवसायी कोइराला अमेरिकामा व्यवसाय विस्तार गर्ने तरखरमा

विजय थापा | साउन ४, डिसी । नेपाल चितवन घर भै कतारमा व्यवसायमा संलग्न रहेका यूवा तथा सफल व्यवसायी प्रकाश कोइराला आफ्नो व्यवसाय अमेरिकामा पनि विस्तार गर्ने तरखरमा रहेका छन् । 

उनले डिसी महानगरका एक अङ्किय पत्रिका संग कुरा गर्दा उक्त कुरा जानकारी गराएका थिए । १२ बर्ष अगाडी कतार कामदारको रुपमा आएका कोइराला को जन्म चितवन गीतानगर भएता पनि उनि हाल नवलपरासीको गैडाकोट निवासी हुन् । आफ्ना पिता संगै त्यहाँ पुगे पछि पिता पनि व्यवसायी भएकोले आफू पनि व्यवसाय मै होमिएको बताए ।  

कतारमा १२ बर्ष को अवधिमा जुन प्रतिष्ठानमा काम गर्थे त्यहीका संचालकले अवसर दिए पछि आफू व्यवसायमा प्रवेश गरेको बताए । कतारमा आफ्ना २ ब्यबसायमा ४ सय भन्दा ज्यादा कर्मचारीहरु रहेका उनि उक्त प्रतिष्ठानका प्रमुख हुन् । पहिले आफू कामदार र पछि मेहनतको कारण यहाँ सम्म पुग्दा आफूलाई भाग्यशाली बताए । उनले अगाडी भने कतार जस्तो देशमा उक्त देशको कानुनलाई पालना गर्दै दर्शन ( भिजन)बोकेको कारण यो अवस्थामा पुगेको जनाए । 

कतारमा निर्माण व्यवसायमा जमेका कोइरालाले अमेरिकामा भूमि-भवन( रिएल स्टेट )को व्यवसाय तथा व्यापार गर्न चाहेको बताए । उनले आफू कतारमा यसै व्यवसायमा संलग्न रहेको र अनुभव हासिल गरेकोले अमेरिकाको यस पटकको यात्रामा यसको अध्ययन र जानकारी लिन अमेरिका आएको बताएका छन् । 

कोइराला समाजसेवी पनि हुन् भने उनले नेपालीहरुलाई साह्रोगाह्रोमा सहयोग गर्दै आएका छन । उनले धुर्मुस सुन्तली फाउन्डेसन ( प्रतिष्ठान) लाई मुसर वस्ती निर्माणको लागि ४० लाख अनुदान दिएका थिए । यसको अतिरिक्त अन्य सहयोग गरि रहेको र आफ्नो क्षमताले भ्याए सम्म गर्ने बताएका छन् ।  

कोइराला कतारमा रहेका व्यवसायीहरूको हक, हित र अधिकारका आवाज उठाउनुका साथै नेपाल र कतारबीच व्यावसायिक वातावरण सिर्जना गर्न स्थापित नेपाल कतार विजनेस एसोसिएसनका सहकोषाध्यक्ष पनि हुन् । 

उनि कतार जस्तो देशमा त्यहाँका नागरिक र अन्य प्रतिस्प्रद्धामा आफूलाई उभ्याई परिश्रम गरि सबैको साथ ,सहयोग र सद्भाव पाएको कारण आफू केही हद सम्म जम्न सकेको बताए । 

उनले भने नेपालीहरुको नाम राख्ने र ईमान्दारिता सदैव आफू भित्र त्यो भावना रहेको बताए । कतारमा भारतीय नागरिक पछि दोश्रो ठूलो नागरिकमा नेपालीहरु छन् भन्दै शीप र ज्ञानलाई सरकारले ध्यान दिनु पर्ने र आउने सबै नेपाली समुदायलाई त्यसमा ध्यान दिन सके कतारमा राम्रो हुने बताए । 

कोइराला अमेरिकाको भ्रमण पछि कतार फर्की सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग