बिहान ६ बजे गेट प्रवेश गर्ने बेला मेरो शुभारम्भ लेखापालको को"/>
बिहान ६ बजे गेट प्रवेश गर्ने बेला मेरो शुभारम्भ लेखापालको कोठाबाट हुन्छ । ढोका छेउमा एउटा फिल्टर राखिएको छ । म जहिले पनि त्यही फिल्टरको पानि अलिकति पिएर कक्षा प्रवेश गर्छु । फिल्टरमा भरिएको पानिले बिहान ६ बजेबाट १० बजेसम्म पुग्दछ विद्यार्थि र शिक्षकलाई । अब सोच्नुस मुस्किलले आधा बाल्टिन पानि अटाउने फिल्टरले शिक्षक, विद्यार्थिको करिब ६० भन्दा बढि जनसंख्यालाई कसरि पुग्छ होला ? यि ६० त क्याम्पसमा कक्षा लिन आउनेको संख्या मात्र हो । सबै आए के हालत हुन्छ होला ?
मैले यस्तै प्रश्न गरेको थिए एकदिन साथिलाई । उनले ठट्यौलो पारामा फिल्टर गरेको पानि खान पाइएको छ हल्ला नगर्नुस, एकदिन यो पनि बन्द होला भनेर उत्तर दिए । उत्तर पछि फिल्टरको अवस्था बुझ्न लागे । फिल्टर गहिरिएर हेरे, लाग्छ यो फिल्टर सफा नगरेको महिनौ भैसक्यो । बैशाख १ गते काम बिशेषले जुम्लातिरको यात्रामा निस्किए ।
जुम्लामा हुदा पनि सोचिरहे फिल्टर सफा भयो होला कि नाई । रोल्पाको गौरब जलजला क्याम्पसमा पाइपबाट पानि आयो होला कि नाई ? केहि समयको जुम्ला बसाइ पश्चात रोल्पा फर्किए लगत्तै बैशाख १४ गते आईतबार क्याम्पस प्रवेस गर्नासाथ लेखापालको कोठा पुगे र हेरे फिल्टरलाई । बिडम्बना फिल्टर सफा नै थिएन र पानि पनि भरिएको थिएन । मेरो नजर छेउमा रहेको मिनरल वाटरका बोतलमा पुग्यो । वाह पानि नहुने क्याम्पसमा मिनरल । एक्लै हासे । तर हासो हासो नै रह्यो कारण आजभोली क्याम्पसमा फिल्टरमा पानि भरेर खाने प्रचलन हराएछ । आजभोली त बोतलमा पानि भरेर खाने गरिदो रहेछ ।
रोल्पा जिल्लाको लिबाङ नगरपालिका ०६ काप्रेखर्कमा अवस्थित जलजला बहुमुखि क्याम्पसमा यो समस्या त उदाहरण मात्र हो । पानि मात्र हैन क्याम्पसमा अरु थुप्रै समस्या छन जसको नालिबेली म लेख्दै गरुला । अहिले यो पानिको सन्दर्भ मात्र उठाउदैछु । मलाइ याद छ क्याम्पसमा पहिले पाइपबाट गेटबाहिर सानो पानि आउदथ्यो । संभवत पानि आउन छाडेको ७ महिना भन्दा बढि भैसक्यो । यो सात महिना सम्म पानि लिन किन प्रयास गर्दैन प्रसासन ? गम्भिर प्रश्न खडा गर्दैछु । पानि नै छैन भनु भने धनमुढाबाट पानिको स्रोत परिचालन हुन्छ लिबाङमा, र अझ त्यो पानि रेउघा बाड्ने कुराकानि चल्दैछ । तर नजिकको क्याम्पसमा पानि नै छैन ।
पानि नै नपाइएको हो कि क्याम्पसको लापरबाहि ? कुरा बुझ्दै जादा डोजरले बाटो खन्दा पाइप चुडाएको छ रे, जोड्न अप्ठ्यारो हुने गरि । जोडेन पाले दाई एक्लैले सक्दैन भन्छन अनि उनि थप्छन एक्लै जोड्न सकिएन, मान्छे लगाउदा पैसा खान्छन । प्रसासनले मान्छे लगाउ पनि भन्दैन म के गरु ? एकदिन क्याम्पस प्रमुख कृष्ण न्यौपानेको कार्यकक्षमा प्रवेश गरेर भलाकुसारी थाले । क्याम्पसका समस्या देखि लिएर सबै ।
मैले पानीको समस्या उत्थान गरे र उहाँले अब पानि लगातार आउछ । जोड्न सामाग्री सबै आएको बताउनुभयो । अफसोच धेरै महिना लगातार बित्यो तर पाइपमा पानिको थोपा चुहेको छैन । केही हप्ता अगाडि नेपाल सरकारका अर्थ सचिव कृष्णहरी बास्कोटा सुचनाको हकसंबन्धि अभिमुखिकरणका लागि क्याम्पसमा आए । उनि आए लगत्तै क्याम्पस प्रमुखको कोठामा मुस्कान सहित स्वागत गरियो । प्रमुखको टेबलमा एउटा सिसाको गिलास छ र त्यसमा भरिएको छ पानि अनि छोपिएको छ केही फोहोर पर्ने डरले । हेर्दा लाग्छ क्याम्पसमा पानिको अभाव छैन ।
सब कुछ बडा है । बास्कोटा कार्यक्रमको लागि बिएड पहिलो बर्षको कोठामा प्रवेश गरे, कोठा प्रवेश गरेलगत्तै उहाँको नजर त्यै मिनरल वाटरमा गयो होला, ए ए पानिको बोतलमा । बेन्चमा ६,७ वटा पानिको बोतल राखिएका छन । गएको बैशाख २४ गते नेपाल पत्रकार महासंघले पत्रकारिता दिवस मनाउदा पनि बोतल त्यसैगरी सिगांरिएको थियो । पानिको बारेमा बोलीरहदा चर्पि झन छुटाउने कुरा नै भएन । अब क्याम्पसमा खानेपानीको त अभाव छ, चर्पिको लागि पानि अभाव नहुने कुरा नै भएन । ख्याल गर्नुहोला कुनैदिन क्याम्प्समा केही कामले जादै हुनुहुन्छ भने चर्पि घरमै प्रयोग गरि जानुहोला । क्याम्पसमा पानि नहोला भन्न सकिन्न । तपाईलाई अप्ठ्यारो पर्न सक्छ ।
माथि उल्लेखित कुराहरु बहिर लिन पनि लाज लागिरहेको छ । क्याम्पसमा पानि व्यवस्थापन गर्ने जिम्मा कसको हो ? प्रशासन, व्यवस्थापन समिति या त विद्यार्थिको ? कुरा गरौ व्यवस्थापन समितिको, भन्न अप्ठ्यारो लागिरहेको छ तर विद्यालयका व्यवस्थापन समतिको अध्यक्ष र पदादिकारि धेरैलाई अझैपनि अधिकासं विद्यार्थिले चिन्दैनन । र चिनुन पनि कसरी जब व्यवस्थापन समितिका पदादिकारिहरु बैठकको दिन मात्र क्याम्पसमा भेला हुन्छन त्यो पनि बिदाको दिन पारेर । यदी आएनन भने रजिष्ट्रर बोकेर घरघरमा जानुपर्छ सही गराउन बिचरा पालेदाईलाई । अब बैठक र क्याम्पसमा एक दिन अनुगमन गर्न नजानेलाई पानिको बारेमा के थाहा ।
प्रशासनको कुरा गर्दा क्याम्पसम प्रमुख महिनामा कति दिन हाजिर हुन्छन र कति दिन कामका लागि बाहिर हुन्छन थाहा भएन । तर यत्ति थाहा छ कि उनि क्याम्पसमा हाजिर हुदा उनको टेबलको सिसा गिलासमा पानि भरिएको हुन्छ र त्यो सकिए लगत्तै उनले घण्टी टिरीङ पारिदिन्छन । मतलब गिलासमा पानि हाल्न पुग्छन पाले दाई । टेबलमै पानि पुगेपछि कसलाई वास्ता लाग्छ र अरुको ? प्राध्यापकहरु पनि के गरुन आफै आजित छन समस्याबाट । तलब नखाएको २ महिना पुगिसकेको रहेछ, त्यो पानि त ४ घण्टा न हो थामिहाल्दा रहेछन कहिलेकाहीँ । विद्यार्थिको कुरामा त के भन्नु । मैले चर्पि प्रयोग गर्न चाहे तेस्रो तलाको मान्छे पहिलो तलामा झर्नुपर्छ, पानि खान लेखापाल कोठामा जानुपर्छ ।
त्यो पनि कहिले हुन्छ कहिले हुदैन । क्याम्पसको छतमा पानि ट्याङकि राखिएको छ । त्यो सधै खालि नै हुन्छ र रहिरहनेछ संभवत । महायज्ञ भएको ७ महिना नाघिसक्यो, यज्ञको हिसाब किताब अझसम्म सार्वजनिकिकरण गरिएको छैन । म क्याम्पस प्रवेश गरेको २ बर्ष नाघिसक्यो, अहिलेलाई खानेपानीको नियमित आपुर्तिका लागि मलाई केही प्रश्न गर्न मन छ ? अरु प्रश्न त धेरै सोध्न मन छ ति प्रश्नहरु आगामि लेखमा सोध्दै गरुला तर अहिलेलाई महायज्ञको पैसा के अक्षयकोष खडा गर्ने र ब्याज खाने मात्र हो व्यवस्थापन समिति अध्यक्ष तथा क्याम्पस प्रमुख ज्यू ? खानेपानीको उचित व्यवस्थापन गर्न सकिदैन भने पाइप जोड्न लिइएको सामाग्री कहिलेसम्म थन्किने हो ? छतमा रहेको पानि ट्याङकि कहिलेसम्म रित्तो हुने हो ? तपाइको टेबलको गिलासमा पानि भरिए झै हाम्रो कक्षाकोठा नजिक रहेका ट्वाइलेट, बाथरुममा कहिले पानि आउछ ? क्याम्पस बाहिर रहेको पाइपमा पानि कहिले आउछ ?
मैले यति भनिरहदा मलाई लज्जाबोध भैरहेको छ कारण म जलजला क्याम्पसमा बिबिएस दोस्रो बर्षमा अध्यनरत विद्यार्थी हु । म आफ्नै क्याम्पसको यो बिषय बाहिर लिइरहेको छु । मलाई थाहा छ यो लेख पढेपश्चात मलाई व्यवस्थापन समिति र क्याम्पस प्रसासनले फरक दृष्टिकोणले हेर्नेछन तर मलाई कुनै चिन्ता छैन । म चाहन्छु यो लेखले संबन्धित निकायलाई केहि सोच्न बाध्य बनाउस । लेखप्रति सल्लाह सुझावको अपेक्षा गरे । क्याम्पसको समस्याका बारेमा र क्याम्पस संबन्धि बिचारहरु आगामि दिनमा पस्कदै गर्नेछु ।
विनोद डाँगी, रोल्पा
बिबिएस
दोस्रो बर्षमा अध्यनरत
सामुदायिक रेडियो मालश्रीमा कार्यरत
प्रतिक्रियाको लागि: [email protected]